ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

हुने भो प्रदेश र प्रतिनिधिसभा चुनाव



हुने भो प्रदेश र प्रतिनिधिसभा चुनाव

-

काठमाडौं । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा अन्तरिम संविधान बन्यो । अन्तरिम संविधान बन्ने बन्नुभन्दा पहिले नै समानुपातिक समावेशी प्रतिनिधित्वको सवाल उठिसकेको थियो । तर, अन्तरिम संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्वले मजबुत स्थान पाउन सकेन । त्यसैले, अन्तरिम संविधान जारी भएलगतै मधेस आन्दोलन चल्यो । जुन आन्दोलनमा अन्य उत्पीडित समूहको पनि साथ मिल्यो । त्यही आन्दोलनकै बलमा अन्तरिम संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्वले स्थान पायो । 
मधेस आन्दोलन मार्फत समानुपातिक समावेशी प्रतिनिधित्वको आवाज उठेपछि माओवादी लगायतका दलले पूर्ण समानुपातिक प्रतिनिधित्वको माग गरे । तर, अन्त्यमा अन्तरिम संविधान संशोधन हुँदा पूर्ण समानुपातिक प्रतिनिधित्व अटाउन नसकेन पनि समानुपातिक समावेशी प्रतिनिधित्व भने सुनिश्चित भयो । त्यसपछि नेपालमा समानुपातिक प्रतिनिधित्वको सुरुवात भयो । यतिखेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएको छ । र, यी दुबै निर्वाचनका लागि समानुपातिक तर्फको मनोनय पनि भएको छ । अब, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि सुनिश्चित भएको छ । 
बन्दसूची पेस
प्रतिकूल राजनीतिक वातावरणका कारण स्थानीय तहको निर्वाचन नहोलाकी भन्ने आशंका थियो । तर, आम नागरिकको चाहना अगाडी कुनै पनि राजनीतिक स्वार्थ टिक्न सकेन । त्यसैले तोकिएको मितिमै शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । यतिखेर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि नजिकिएको छ । ठूला दलबीचको सम्बन्धमा आएको फाटोेले कतै निर्वाचन सर्ने हो कि भन्ने आशंका गरिएको छ । तर, प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मनोनय दर्तापछि मंसिर १० र २१ गते गरी दुई चरणमा हुने निर्वाचन पनि लगभव सुनिश्चित भएको छ । 
ठूलै राजनीतिक परिघटना नभए अब प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएकै समयमा हुनेछन् । यसअघि नै निर्वाचन आयोगले समानुपातिक प्रणालीको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताको लागि आह्वान गरेको थियो । 
निर्वाचन आयोगको आह्वानपछि दर्ता भएका ८८ वटा राजनीतिक दलले समानुपातिक तर्फको उम्मेदवारको मनोनय दर्ता गराएका हुन । निर्वाचन आयोगले समानुपातिक तर्फको उम्मेदवारको मनोनय दर्ताका लागि विहान १० बजेदेखी सा“झ ५ बजेसम्म समय तोकेको थियो । तर, साना राजनीतिक दलले मात्र दिउँसै मनोनयन दर्ता गर्न भ्याए । 
ठूला दल भने पार्टी भित्र उम्मेदवार टुङ्गो लगाउन नसक्दा ढिलो गरी मात्र निर्वाचन आयोग पुगेका थिए । राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि अलग–अलग बन्दसूची निर्वाचतन आयोगमा बुझाएका छन् । प्रदेशसभाको लागि भने दलहरुले प्रत्येक प्रदेशको अलग–अलग सूची बनाउनु पर्ने व्यवस्था भएकाले दलहरुले सोही अनुसार बन्दसूची बुझाएका छन् । 
समानुपातिक व्यवस्था अनुसार दलहरुले दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम र थारू समुदायको कोटा अनुसार मनोनय दर्ता गराए । आइतबार राजनीतिक दलले निर्वाचन आयोगमा बुझाएको मनोनयन अन्तिम भने होइन । मनोनयमा परेकाहरुको विरुद्ध दावी विरोध तथा बन्दसूची सच्याउन दलहरुले ७ दिनको समय पाएका छन् । 
निर्वाचन कार्यातालिका अनुसार दलहरुले कात्तिक १२ गते भित्र बन्दसूची संशोधन गरिसक्नु पर्नेछ । निर्वाचन आयोगमा प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउने दलले समानुपातिक तर्फको कुल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनु पर्ने व्यवस्था रहेको छ । त्यति मात्र होइन, बन्दसूचीमा कुल उम्मेदवार मध्ये कम्तिमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ । साथै, जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारू र मुस्लिमको समेत प्रतिनिधित्व बन्दसूचीले सुनिश्चित गर्नुपर्ने प्रवधान रहेको छ । निर्वाचन तालिका अनुसार समानुपातिक तर्फको निर्वाचन कार्यक्रम एक महिनासम्म रहने छ । असोज २९ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीले मंसिर ३ गते मात्रै अन्तिम रूप पाउनेछ ।
निर्वाचन प्रक्रिया र कार्यतालिका यस्तो छ
असोज ३० गते बन्दसूची सच्याउन राजनीतिक दलहरुलाई सूचित गर्ने ।
कात्तिक ६ देखी १२ गतेसम्म बन्दसूची संशोधन गरी पेश गर्ने ।
कात्तिक १३ गते बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिने ।
कात्तिक १४ र १५ गते उम्मेदवारको नाम फिर्ताबारे दलहरुलाई जानकारी गराउने । 
कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने । 
कात्तिक २५ गतेदेखी मंसिर १ गतेसम्म दाबी विरोधको निवेदनमा जाँचबुझ र निर्णय गर्ने ।
कात्तिक २ गते बन्दसूचीबाट उमेदवारको नाम हटाएको सूचना प्रकाशन गर्ने । 
कात्तिक ३ गते बन्दसूचीको अन्तिम रुप प्रकाशन गर्ने ।
समानुपातिक प्रणाली पहिलो अभ्यास होइन
नेपालमा समानुपातिक प्रणालिमा निर्वाचन पहिलो अभ्यास होइन । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक प्रणालीको अभ्यास भइसकेको छ । पहिलो संविधानसभा निर्वाचनमा ५४ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका थिए भने दोस्रो संविधानसभाको निर्वाचनमा यो संख्या बढेर १ सय २२ पुगेको थियो । यस पटक भने थ्रेसहोल्ड लागु हुने भएकाले राजनीतिक दलहरु मर्ज हुँदा ८८ वटा दल मात्र समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका छन् । समानुपातिक प्रणालीलाई राज्यको मुल प्रावाहमा आउन नसकेका जाति, वर्ग र समुदायलाई समेट्ने प्रणालीको रुपमा हेरिएको छ । उद्यपि, समानुपातिक प्रणालीमा पनि राजनीतिक दलले नै उम्मेदवार सिफारिस गर्ने भएकाले राजनीतिक दलका नेता कार्यकर्ताले मात्रै यो अवसर प्रयोग गरिरहेका छन् । पहिलो र दोस्रो संविधानसभामा समानुपातिक तर्फका केही सदस्य मन्त्री परिषदले थप्ने व्यवस्था थियो । मन्त्री परिषदले थप्ने सदस्य पनि दलिय भागबण्डामै निर्भर हुने गरेको छ । तर, पनि निश्चित सदस्य भने नीति निर्माण तहमा पुग्ने गरेका छन् । यो संख्या अहिलेका लागि थोरै भएपनि कालान्तारमा यसको प्रभाव राम्रो हुने अपेक्षा गरिएको छ ।
कसरी चुनिन्छन् समानुपातिक तर्फको उम्मेदवार ?
नेपालमा हुने सबै निर्वाचनमा समावेशी प्रणाली लागु हुन्छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि समावेशी निर्वाचन पद्धती प्रयोग भएको थियो । स्थानीय तहको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली भने लागु भएन । तर, मंसिरमा सम्पन्न हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने समानुपातिक प्रणालीमा समेत निर्वाचन हुनेछ । समानुपातिक निर्वाचन प्रणालीमा निश्चित समुदाय जसरी पनि निर्वाचित हुनपर्ने व्यवस्था छ । जुन व्यवस्थाबाट, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, मुस्लिम र थारू समुदायको प्रतिनिधित्व सुनिश्चित हुनेछ । यी समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न संविधान अनुसार राजनीतिक दल बाध्य हुनेछन् । यस अघि नेपालमा पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली प्रयोग गरिएको थियो । संविधानसभाको निर्वाचनमार्फत समानुपातिक तर्फको उम्मेदवार निर्वाचित हुनका लागि समग्र पार्टीले पाएको मत मुख्य आधार थियो । अब हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि दलले प्राप्त गर्ने मतकै आधारमा समानुपातिक तर्फको उम्मेदवार निर्वाचित हुनेछन् । समानुपातिक र प्रत्यक्ष दुबै तर्फको निर्वाचनका लागि हरेक निर्वाचन क्षेत्रबाट दुई उम्मेदवार हुन्छ । एक समानुपातिक उम्मेदवार हुन भने अर्का प्रत्यक्ष तर्फका हुन्छन् ।
प्रतिनिधिसभामा कति निर्वाचित हुन्छन् ?
मंसिर १० र २१ हुने प्रतिनिधिसभाको निर्वाचन मार्फत जम्मा २७५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । जुन प्रतिनिधि मध्ये प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुने छन भने समानुपालिक तर्फबाट ११० जना प्रतिनिधि चुनिने छन् । प्रत्यक्ष तर्फका १६५ उम्मेदवार आम मतदाताको प्रत्यक्ष मतदानबाट निर्वाचित हुनेछन् भने समानुपातिक तर्फका उम्मदवार सम्बन्धित पार्टीले प्राप्त गरेको कुल मतको आधारमा निर्वाचित हुनेछन् ।
प्रदेशसभामा कति निर्वाचित हुन्छन् ?
प्रतिनिधिसभामा निर्वाचित हुने प्रतिनिधिको संख्याभन्दा प्रदेशसभामा निर्वाचित हुनेको संख्या बढी हुनेछन् । किनकी, प्रतिनिधिसभाभन्दा प्रदेशसभाको निर्वाचन क्षेत्र बढी छ । पछिल्लो व्यवस्था अनुसार ७ वटा प्रदेशसभामा प्रत्यक्ष तर्फ ३३० सदस्य निर्वाचित हुनेछन् भने समानुपातिक तर्फबाट २२० जना प्रतिनिधि चुनिने छन् । मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मार्फत कुल ८ सय २५ जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । 
प्रतिनिधिसभामा कुन प्रदेशबाट कति ?
प्रतिनिधिसभाको निर्वाचन मार्फत प्रत्यक्ष तर्फ निर्वाचित हुने १६५ जना मध्ये प्रदेश नम्बर १ बाट २८ जना, प्रदेश नम्बर २ बाट ३२,  प्रदेश नम्बर ३ बाट ३३ र प्रदेश नम्बर ४ बाट १८ जना रहनेछन् । त्यस्तै, प्रदेश नम्बर ५ बाट २६ जना, प्रदेश नम्बर ६ बाट १२  जना र प्रदेश नम्बर ७ बाट १६ जना निर्वाचित हुनेछन् । त्यस्तै, समानुपातिक तर्फ सातै वटा प्रदेशबाट १ सय १० जना प्रतिनिधि चुनिनेछन् ।
प्रत्यक्ष तर्फ कुन प्रदेशमा कति प्रतिनिधि ?
निर्वाचन क्षेत्र धेरै भएकाले प्रतिनिधिसभाको तुलनामा प्रदेशसभामा धेरै प्रतिनिधि निर्वाचित हुनेछन् । प्रत्यक्ष तर्फ प्रदेश नम्बर १ मा ५६ जना प्रदेश प्रतिनिधि निर्वाचित हुनेछन् भने, प्रदेश नम्बर २ मा ६४,  प्रदेश नम्बर ३ मा ६६ र प्रदेश नम्बर ४ मा ३६ जना प्रतिनिधि निर्वाचित हुनेछन् । त्यस्तै, प्रदेश नम्बर ५ बाट ५२ जना, प्रदेश नम्बर ६ बाट १६ जना र प्रदेश नम्बर ७ बाट ३२ जना गरी जम्मा ३ सय ३० जना प्रतिनिधि निर्वाचित हुनेछन् ।
समानुपातिक तर्फ कुन प्रदेशमा कति प्रतिनिधि ?
प्रदेशसभाको निर्वाचन मार्फत समानुपातिक तर्फ प्रदेश नम्बर १ बाट ३७ जना, प्रदेश नम्बर २ बाट ४२, प्रदेश नम्बर ३ बाट ४४ र प्रदेश नम्बर ४ बाट २४ जना समानुपातिक प्रतिनिधि चुनिनेछन् । त्यस्तै, प्रदेश नम्बर ५ बाट ३५ जना, प्रदेश नम्बर ६ बाट १६ जना र प्रदेश नम्बर ७ बाट २१ जना गरी २ सय २० जना समानुपातिक उम्मेदवार निर्वाचित हुनेछन् ।
कति मत बराबर एक कति सिट ?
प्रतिनिधिसभाको हकमा समानुपातिक तर्फका उम्मेदवार देशभरबाट सम्बन्धित राजनीतिक दलले प्राप्त गरेको मतको आधारमा पार्टीले सिफारिस गरेपछि निर्वाचित हुनेछन् । त्यस्तै, प्रदेशसभाको हकमा सम्बन्धित प्रदेशभित्र दलले प्राप्त गरेको कुल सदर मतको आधारमा बन्दसूचीमा सूचीकृत उम्मेदवार मध्येबाट राजनीतिक दलको सिफारिसमा निर्वाचन आयोगले निर्वाचित उम्मेदवार घोषणा गर्नेछ । प्रतिनिधिसभाको समानुपातिक निर्वाचनमा एक सिट जित्नका लागि राजनीतिक दलले प्राप्त गरेको सदर मतको कम्तिमा तीन प्रतिशत मत आवश्यक हुनेछ । त्यस्तै, प्रदेशसभामा सम्बन्धित प्रदेशमा राजनीतिक दलले प्राप्त गरेको कुल सरद मतको कम्तिमा १ दशमलव ५ प्रतिशत बराबर एक सिट पाउँनेछन् ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions