ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बेलायतमा नेपाली गीत, संगीत फस्टाइरहेको छ



बेलायतमा नेपाली गीत, संगीत फस्टाइरहेको छ

-

ममता गुरुङ, गायिका
केही समययता नेपाली समुदाय बेलायत नेपाली संगीतमय बनेको छ । नेपालबाट आउने अतिथि कलाकार र स्थानीय नेपाली कलाकारहरुको उपस्थितिमा प्रत्येक हप्ता विकेन्डका दिन बेलायतका विभिन्न सहरहरु नेपाली गीत, संगीत गुन्जने क्रम बढ्दो छ । सांगीतिक कार्यक्रम नभएको सायद कुनै वेकेन्ड छैन होला । विदेशी भूमिमा यस्तो गीत, संगीतले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा विशेष भूमिका खेलेको छ । 
नेपालबाट आमन्त्रित नेपाली कलाकारहरुको प्रस्तुति सँगसँगै बेलायतमा रहेका स्थानीय नेपाली कलाकारहरुको उपस्थितिमा पनि थुप्रै सांगीतिक कार्यक्रमहरु हुने गरेको छ । त्यस्ता कार्यक्रमहरुमा देखिँदै आएकी स्थानीय कलाकारहरुमध्येकी एक हुन् गायिका ममता गुरुङ । चितवनको माडीगाउँमा जन्मे हुर्केबढेकी ममता सन् २०१० मा अध्ययनका लागि बेलायत आएकी हुन् । अध्ययन सँगसँगै संगीतलाई पनि अगाडि बढाउँदै आएकी गुरुङले हालै ‘ममता’ नामक गीति एल्बम श्रोता तथा दर्शकमाझ ल्याएकी छिन् । उनको सांगीतिक यात्राबारेमा एभरेष्ट टाइम्सका ‘घान्द्रुके कान्छा’ले गरेको छोटो कुराकानी । 
ममताजी, संगीतसँग कसरी मितेरी गाँस्न पुग्नुभयो ? 
म बच्चादेखि नै गुन्गुनाउने गर्थें । रेडियो सुन्ने गर्थें । गुन्गुनाउने क्रममा स्कुल पढ्ने साथीहरुले ‘तिम्रो स्वर मीठो छ’ भनेर प्रशंसा गर्ने गर्थे । र, मैले विद्यालय र क्याम्पसमा हुने कार्यक्रमहरुमा गीत गाउने गरेँ । मलाई कताकता साथीहरुले भनेझै आप्mनो स्वर मिठै भएको महसुस हुन थाल्यो । काठमाडौंमा अध्ययनको क्रममा ३ वर्षसम्म संगीतको औपचारिक शिक्षा लिएँ । यसरी नै संगीतसँग मैले मितेरी लाउन पुगेँ । 
त्यसपछि तपाईको सांगीतिक यात्रा कसरी अगाडि बढ्यो ? 
आजभन्दा ९ वर्षअघि काठमाडौंमा सम्पन्न भएको ‘नेपाली तारा’ नामक कार्यक्रममा मलाई भाग लिने अवसर मिल्यो । सो कार्यक्रममा उपाधि हात नपरे तापनि संगीतलाई अझ नजिक बुझ्ने अवसर पाएँ । सन् २०१० मा अध्ययनका लागि बेलायत आएँ । बेलायत आए तापनि मेरो सांगीतिक यात्रा भने रोकिएन । अल्डरसटस्थित निरमाया रोधीं घरमा मलाई गाउने अवसर मिल्यो । निरमायाकै कारण विभिन्न संघसंस्थाहरुले आयोजना गरेको कार्यक्रमहरुमा गाउने अवसर जु¥यो । गायनकै क्रममा बेलायतका विभिन्न स्थानमा बसोबास गर्नेे धेरै श्रोता तथा दर्शकहरुको मन जित्न सफल भएँ । 
अहिलेसम्म कतिवटा गीतहरु गाइसक्नु भयो ? 
यसवर्ष मैले आप्mनै एल्बम ‘ममता’ निकालेकी छु । त्यसअघि अरुकै गीतहरु गाउँथेँ । 
आफ्नो एल्बमबारेमा अलिकति बताइदिनुहोस् न ? 
गत अप्रिल २०१७ मा मैले मेरो ‘ममता’ नाम गरेको गीति एल्बम श्रोता तथा दर्शकहरुबीच पस्कन सफल भएँ । जसमा ५ वटा गीतहरु समावेश छन् । ‘नबोलाऊ मलाई मायालु भनि....’ र ‘जीवन मेरो त्यही...(बाँधन न बाँध...)  ’बोलको २ वटा गीत मेरो आप्mनै रचनामा छ भने,  ‘हावासरी चञ्चले मन...’ बोलको गीत शशी थापा सुब्बाको रचना रहेको छ । त्यस्तै, ‘अग्लारे मन यो.....’ संगीतकार कालीप्रसाद बाँस्कोटा र ‘पर्दा खोलेर...’ नामक गीत केवी गुरुङको रचना रहेको छ । मेरो ५ वटा गीतमा इन्द्र आरपी, ताराप्रसाद लिम्बू, दाबा गुरुङ, कालीप्रसाद बाँस्कोटा र सुरेश मानन्धरले संगीत भरिदिनुभएको छ । ५ वटामध्ये ४ वटा गीतमा मेरो एकल स्वर छ भने एउटा गीतमा संगीतकार ताराप्रकाश लिम्बूसँग सँगै गाएकी छु । (बाँधन न बाँध...) भन्ने गीतको भिडियो पनि सार्वजनिक गरेकी छु । जुन गीतमा म आफैंले अभिनय गरेकी छु ।  
बेलायतको व्यस्तताका बाबजुत पनि एल्बम ल्याउनुको कारण ? 
हो, बेलायतमा कामको व्यस्तता निकै छ । तर, पनि मेरो इच्छाशक्ति, संगीतप्रेमी र शुभचिन्तकहरुको हौसलाले श्रोता तथा दर्शकहरुबीच सांगीतिक कोसेली पस्कने प्रेरणा मिल्यो । त्यसैले मैले पहिलो कोसेली स्वरुप ‘ममता’ नामको एल्बम श्रोता तथा दर्शकहरुबीच ल्याएकी हुँ । 
बेलायतमा नेपाली संगीतको अवस्था कस्तो देख्नु भएको छ ? 
म बेलायतमा आएको ७ वर्ष पुगिसकेको छ । अहिले मैले पहिलाको भन्दा धेरै कलाकारहरु देखेकी छु । समग्रमा भन्नुपर्दा अहिले बेलायतमा नेपाली गीत, संगीत फस्टाउँदै गएको छ । आधुनिक, फिल्म, लोक तथा दोहोरी गीतको राम्रो विकास भएको छ । प्रायः नेपालीहरु भएको सहरहरुमा प्रत्येक वेकेन्ड नेपाली संगीतमय हुँदै आएको छ ।  जसले गर्दा नेपाल र युकेमा रहेका कलाकारहरुले राम्रो अवसर पाएका छन् ।  
बेलायतका दोस्रो पुस्ताका युवायुवतीहरुको नेपाली कला र संस्कृतिप्रति त्यत्ति आकर्षण देखिँदैन, के गरियो भने उनीहरुलाई आकर्षित गर्न सकिन्छ । 
उनीहरुको चाहना बुझेर कार्यक्रम गर्नुपर्दछ । धेरैजसो कार्यक्रम युवाहरुप्रति लक्षित भएको देखिँदैन त्यसैले पनि उनीहरुको उपस्थिति कम भएको हो । तर, उनीहरुलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रमहरुमा बाक्लो उपस्थिति रहेको मैले धेरैपटक देखेकी छु । जस्तै, नेपथ्यको कार्यक्रममा अहिलेका भाइबहिनीहरुकै उपस्थिति धेरै देखिएको थियो । र, युवाहरुले नै आयोजना गरेको कार्यक्रम पनि अर्को उदाहरण हो । त्यसैले उनीहरुको भावना बुझेर कार्यक्रम गरियो भने पक्कै पनि नेपाली गीत, संगीतप्रति युवाहरुको आकर्षण बढ्दै जानेछ ।  
तपाई संगीतलाई कसरी बुझ्नु हुन्छ ? 
मेरो विचारमा संगीत जीवन हो । दुःख–सुखको चौतरी हो । संगीतले बाँच्न सिकाउछ, हाँस्न सिकाउँछ र यसले आनन्द दिन्छ । यो मानव जीवन जस्तै हो । 
सांगीतिक क्षेत्रमा घरपरिवारको कतिको साथ र सहयोग छ ? 
मेरो सांगीतिक यात्रामा घरपरिवारको एकदमै साथ र सहयोग छ । उहाँहरुकै साथ र सहयोग भएकै कारण म आज गायिका ममता गुरुङको रुपमा परिचित छु । घरपरिवारको साथसाथै साथीसंगीहरुको पनि त्यत्तिकै साथ र सहयोग छ । 
अबको योजना के छ ? 
मैले एल्बम बजारमा ल्याए तापनि यसको प्रमोसनमा त्यति ध्यान दिन पाएकी छैन । एउटा भिडियो गीत मात्र रिलिज भएको छ र अरु गीतको भिडियो बनाउन बाँकी छन । र, छिट्टै एकल साँझको आयोजना गर्ने योजना बुनेकी छु । अर्को भनेको आधुनिक, पप, पूर्व–मेचीदेखि पश्चिम महाकालीसम्मको लोक संस्कृति झल्कने सबैखाले गीतसहितको अर्को गीति एल्बम श्रोता तथा दर्शकहरुबीच ल्याउने सोच बनाएकी छु ।  
अन्त्यमा केही भन्न चाहनु हुन्छ कि ? 
दर्शक तथा श्रोता भनेका हामी कलाकारहरुका लागि भगवान् हुन् । उहाँहरुको साथ, सहयोग र हौसलाका कारणले मैले एल्बम पस्कन सफल भएँ । उहाँहरुले मेरो गीत सुनिदिएर हौसला प्रदान गरिदिनु भएको छ । मेरा प्रेरणाका श्रोत भनेकै दर्शक तथा श्रोता, साथी र प्रशंसकहरु नै हुन्, उहाँहरुलाई हृदयदेखि नै विशेष धन्यवाद दिन चाहन्छु । त्यस्तै, मेरा फेसबुक र स्मोलका साथीहरुलाई पनि धन्यवाद । यसरी नै सबैले गीत, संगीतलाई माया गर्दै जानुहोस् ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions