ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

तोकिएकै मितिमा दुवै चरणका निर्वाचन गर्न आयोग तयार : नरेन्द्र दाहाल, निर्वाचन आयुक्त



तोकिएकै मितिमा दुवै चरणका निर्वाचन गर्न आयोग तयार : नरेन्द्र दाहाल, निर्वाचन आयुक्त

-

नेपालमा संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलोको रुपमा लिइएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी मंसिर १० र २१ गते हुँदै छ । पहिलो चरणको लागि दलहरुले मनोनयन दर्ता गरिसकेका छन् भने दोस्रोका लागि यही कात्तिक १६ गते गर्नुपर्ने निर्वाचन कार्यतालिका छ । मतदानको दिन नजिकिँदै गर्दा सर्वोच्च अदालतले राजपाका नेता सर्वेन्द्रनाथ शुक्लद्वारा दायर रिटमा सुनवाई गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको अलग अलग मत पत्र बनाउन आदेश दियो । जुन आदेशपछि निर्वाचन सर्ने हो कि भन्ने आशंका आमनागरिक र राजनीतिक दलहरुमा समेत पैदा गरायो । यद्यपि निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको जिम्मा पाएको निर्वाचन आयोगले आफ्नो तर्फबाट चुनाव निर्धारित मितिमै गर्न कुनै काम बाँकी नराख्ने प्रस्ट पारेको छ । प्रस्तुत छ, निर्वाचन तयारीबारे आयुक्त नरेन्द्र दाहालसँग एभरेस्ट टाइम्सले गरेको कुराकानी ।    
सर्वोच्च अदालतले दुईवटा मतपत्र छाप्नुपर्ने आदेश दिएपछि तोकिएको मितिमा निर्वाचन हुनेमा आशंका उठेको छ नि ? 
निर्वाचन आयोग संवैधानिक अंग हो । ‘नेपालको संविधान’को भाग २४ को धारा २४५ देखि २४७ सम्म निर्वाचन आयोगसम्बन्धी व्यवस्था छ । प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बालिग मताधिकार, आवधिक निर्वाचनलाई लोकतन्त्रका आधारभूत मार्गदर्शनको रुपमा संविधानमा आत्मसात गरिएको छ । संघीय, प्रादेशिक र स्थानीय तहजस्ता विभिन्न तहको निर्वाचन तोकिएको निर्वाचन प्रणालीबमोजिम सम्पन्न गर्ने जिम्मेवारी आयोगलाई छ । निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणका साथै राष्ट्रिय महत्वको विषयमा संविधान र संघीय कानुनबमोजिम हुने जनमतसंग्रह गराउने र निर्वाचन प्रयोजनको लागि मतदाता नामावली तयार गर्ने समेत भूमिका आयोगलाई उपलब्ध  छ । यसरी संवैधानिक परिधिभित्र रही स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउने स्वायत्त संवैधानिक अङ्गको रूपमा निर्वाचन आयोगको व्यवस्था गरिएको हो । यसै सन्दर्भमा सर्वोच्च अदालतले निर्वाचनसम्बन्धी राखेको चासोलाई सम्मान गर्दै आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको छुट्टाछुट्टै दुईवटा मतपत्र छापिसकेको छ । त्यसैले तोकिएको निर्वाचन मिति आयोगको तर्फबाट तलमाथि हुँदैन । 
निर्वाचन तयारी कसरी अगाडि बढिरहेको छ ? 
मंसिर १० र २१ गते हुने दुवै चरणका निर्वाचनको मतपत्र छाप्ने काम भइसकेको छ । अरु सामाग्री जुटाउनमा जटिलता  भए पनि आयोग निर्धारित मितिमा चुनाव गर्न तयार छ । निर्वाचन व्यवस्थापनका समयमा आउने समस्या आयोगभित्र, सरकार र सरोकारवालास“ग छलफल र परामर्शबाट समाधान गरेर अगाडि बढ्न हामी तयार छौं । 
निर्वाचन तयारीमा कुनै अप्ठ्यारा छन् ? 
स्रोत, साधनबाट कुनै अप्ठेरो छैन । तर, समय भने अलि कम छ । त्यसलाई व्यवस्थापन गर्छौं । मंसिर १० गते पहाड र उच्च हिमाली जिल्लाहरुमा निर्वाचन हुने भएकोले जहाँ हिमपातको सम्भावना छ । तैपनि आयोग त्यस्ता समस्याप्रति सचेत छ । 
सरकार र दलहरुबाट निर्वाचन आचारसंहिता पालनाको अवस्था कस्तो छ ? 
निर्वाचन आचारसंहिता पालना गर्नु राजनीतिक दल, सरोकारवाला सबैको नैतिक जिम्मेवारी र बन्धन पनि हो । सरकारलगायत सबै सरोकारवालाहरुले निर्वाचन आचारसंहिता पालना गर्छ भन्ने निर्वाचन आयोगले ठानेको छ । आचारसंहिता उल्लंघनका सानातिना घटना भइरहे पनि निर्वाचनलाई असर र प्रभाव पार्नेगरी भएका छैनन् । 
कर्मचारी सरुवा, बढुवा, मन्त्रिपरिषद् विस्तारजस्ता कुरा आचारसंहिताले रोक लगाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाबाट मन्त्री थप्ने काम त रोकिएन नि ? 
स्थानीय तह निर्वाचनताका पनि सरकार परिवर्तन भएकै हो । आचारसंहिता पालनाका लागि आयोगले सम्बन्धित पक्षसँग पटक पटक आग्रह गरेकै हो । आयोगले सरकार सञ्चालन गर्न रोक्ने होइन । तर, त्यसबाट निर्वाचनमा असर पुग्नु हुँदैन । 
निर्वाचन आचारसंहिता नाघेमा आयोगले कारबाहीको चेतावनी दिने तर कारबाही नहुने स्थिति बनेको हो ? 
आचारसंहिता उल्लंघनकै कारण सरकारको मन्त्रीलाई कारबाहीको दायरामा ल्याएका छौं । कारबाही भएकै छैन भन्ने होइन । आचारसंहिता उल्लंघन गर्नेलाई कारबाहीमात्र होइन भविष्यमा त्यसो नगराउनु र दोहोरिन नदिने विषय पनि ठूलो हो । 
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचन बहिष्कार र विथोल्ने भनिरहेको छ ? 
आगामी दुबै चरणको निर्वाचन शान्तिपूर्ण तरिकाले हुन्छ किनकि विगतमा मधेस केन्द्रित दलहरुसमेत निर्वाचनको विपक्षमा हुँदा शान्तिपूर्ण निर्वाचन भए । त्यस्तै अनुभवबाट सिकेर आउँदो निर्वाचन शान्तिपूर्ण वातावरणमा हुनेमा आयोग ढुक्क छ । निर्वाचनको लागि शान्ति, सुरक्षाको व्यवस्था सरकारले गर्छ । सरकार र आयोगबीच निर्वाचन सुरक्षाका विभिन्न योजनाका सम्बन्धमा छलफल पनि भइसकेको छ ।
स्थानीय तह निर्वाचनमा करिब ७०÷७२ प्रतिशत मतदान भयो, प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचनमा कति मत खस्ने अनुमान छ ?
प्रतिनिधिसभा र प्रदेशसभाबाट जनताले नयाँ सरकारको अनुभूति गर्नेछन् । जस कारण आगामी चुनावमा मत खसाल्न जनता उत्सुक देखिएकाले ७४ प्रतिशतभन्दा बढी मतदान हुने आकलन छ । 
मत बदर संख्या घटाउन के कस्तो अभियान चलाउनुभयो ? 
मत बदर संख्या निकै कम हुने देखिन्छ किनकि आयोग र निर्वाचनस“ग सम्बन्धित संघ, संगठनले मतदाता शिक्षा दिइरहेका छन् । त्यसैले मत बदर संख्या कम होला भन्ने हाम्रो अपेक्षा हो । स्थानीय तहमा पनि सम्पूर्ण मत बदर भएको जम्माजम्मी ३ प्रतिशत मात्रै हो । त्यतिबेला धेरै पदमा मतदान गर्नुपर्ने भएकोले पनि मत बदर बढी देखिएको हो । 
मतगणनाको व्यवस्थापन कसरी मिलाउनुभएको छ ? 
मंसिर १० र २१ गतेको दुवै चरणको निर्वाचन सकिएपछि मात्र मतगणना हुन्छ ।
पहिलो चरणको मतपेटिका सुरक्षामा पनि प्रश्न उठ्ला नि ? 
निर्वाचनमा मतपेटिका सुरक्षाको जिम्मा सरकारले लिन्छ । मतदान सकिएपछि निर्वाचन क्षेत्रभित्रको गणनास्थलमा मतपेटिका पु¥याउने छौं । 
विगतमा मतगणना निकै ढिला भएको गुनासो सुनियो, यसपटक पनि त्यस्तै हुने हो कि ? 
अहिले एउटा मतपत्रमा एउटै छाप लाग्ने हुँदा परिणाम छिट्टै आउँछ । स्थानीय तहमा धेरै पद चुनिनु पर्ने र मतपत्र सानो भएकोले गणना छिटो हुन नसकेको हो । 
सरदर कति समयभित्र नतिजा आइसक्ला ? 
यत्ति नै दिन भन्न सकिन्न । दल र मतदाता संख्यामा भरपर्छ । तर, राजनीतिक दलहरु कम भएको र मतपत्रका कारण धेरै ठाउँमा एक÷दुई दिनभित्रै परिणाम घोषणा भइसक्छ । आयोगले मतगणनास्थल बढाएर चा“डो नतिजा घोषणा गर्ने अवस्था सिर्जना गर्छ ।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
को हुन् निर्वाचन आयुक्त नरेन्द्र दाहाल
फुङ्लिङ् गा.वि.स. वडा नं ७ ताप्लेजुङमा २०१३ सालमा जन्मिएका निर्वाचन आयुक्त नरेन्द्र दाहाल शिक्षाशास्त्र र कानुनमा स्नातक तथा जनप्रशासन, राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर हुन् ।
निर्वाचन आयुक्त नरेन्द्र दाहाल वि.सं. २०३८ मा निजामति सेवामा प्रवेश गरेका थिए । त्यसअघि उनी वि.सं. २०३३ देखि शिक्षण पेसामा संलग्न थिए । उनले आफ्नो निजामति सेवा अवधिमा गृह मन्त्रालयअन्तर्गत विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी तथा मध्यमाञ्चल र पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा निमित्त क्षेत्रीय प्रशासकको जिम्मेवारी निर्वाह गरेका छन् । 
त्यसैगरी प्रहरी किताबखाना महानिर्देशक, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा कार्यकारी निर्देशक भई त्यहाँको समेत कार्यानुभव सँगालेका छन् । साथै निर्वाचन आयुक्त दाहालसँग महालेखा नियन्त्रक र निर्वाचन आयोगको सचिव (२०७० सालको अर्को संविधानसभा सदस्य निर्वाचनको समयमा) भई काम गरेको अनुभव छ । उनले क्रिटिकल इन्सिडेन्ट म्यानेजमेन्ट, संघीयता र सीमासम्बन्धी कानुन कार्यान्वयनलगायत विभिन्न विषयमा विदेशमा तालिम लिएका छन् भने सेवासम्बन्धी अन्य थुप्रै स्वदेशी तालिम पनि प्राप्त गरेका छन् ।
उनी साहित्यप्रति पनि रूची राख्छन् । उनका आख्यान (कथा) र नियात्रासम्बन्धी पुस्तकहरू प्रकाशित छन् भने विभिन्न साहित्यिक सस्थाहरूसँग पनि उनको आबद्धता छ । उनले नेपालका प्रायः सबै जिल्ला र भारत, चीन, अमेरिका, सिंगापुर, हङकङ, थाइल्याण्ड, जर्जियालगायतका देशहरूको भ्रमण गरेका छन् ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions