ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नुवाकोटमा वाम गठबन्धन सानदार विजयी हुनेमा ढुक्क छौं



नुवाकोटमा वाम गठबन्धन सानदार विजयी हुनेमा ढुक्क छौं

-

राधिका तामाङ
नुवाकोट क्षेत्र नं. १ (क) का उम्मेदवार, वाम गठबन्धन
देशका अधिकांश निर्वाचन क्षेत्रजस्तै मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नुवाकोटमा पनि वाम गठबन्धनका उम्मेदवारहरु बलिया देखिएका छन् । प्रतिनिधिसभातर्फ दुइटा र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेका नुवोकोटमा एमाले र माओवादी केन्द्रले आधाआधा सिट बाँडेर उम्मेदवार उठाएका छन् । स्थानीय निर्वाचनको मत परिणामलाई मात्रै आकलन गर्ने हो भने गठबन्धनका उम्मेदवारहरु झन्डै १० देखि १५ हजार मतले अघि देखिएका छन् । रामशरण महत र अर्जुननरसिंह केसीहरुले परिवारवादको राजनीति गरेका, भ्रष्टाचारमा लिप्त र विगतमा चुनाव जितेर जनमुखी काम गर्न नसकेकोको आरोप लगाउँदै आफूहरुको जित निश्चित भइसकेको गठबन्धनका उम्मेदवारहरुको दाबी छ । कांग्रेस उम्मेदवारको तुलनामा गठबन्धनका अधिकांश युवा उम्मेदवारहरु पनि छन् । तिनै सशक्त उम्मेदवारहरुमध्ये पूर्वकृषि राज्यमन्त्री एवं माओवादी केन्द्रकी केन्द्रीय नेतृ राधिका तामाङ नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा उम्मेदवार छिन् । गठबन्धनकी उनै साझा उम्मेदवार राधिका तामाङसँग निर्वाचन अभियान र एजेन्डाबारे एभरेष्ट टाइम्सले गरेको कुराकानी । 
निरन्तर निर्वाचन अभियानमा रहँदा जनआकर्षण कस्तो पाइरहनुभएको छ ?
विशेषगरी अहिले गठबन्धन भएकोले जनतामा उत्साह देखिन्छ । चुनावी माहोल विस्तारै बढ्दैछ । यो माहोल अघिल्ला चुनावहरुभन्दा सकारात्मक देखेकी छु । 
एमाले, माओवादीइतरका नेता, कार्यकर्ता, सर्वसाधारण पनि तपाईहरुको अभियानमा जोडिएका छन् र ? 
अहिले देशैभरिको माहोललाई हेर्दा त्यो स्वाभाविक देखिन्छ । कतिपयले त आन्तरिक हिसाबले पनि कुरा गरिरहेका छन्, हामी गठबन्धनलाई सहयोग गर्न तयार छौं भनेर । अर्को कुरा कांग्रेसीहरुको परिवारवादको राजनीतिले गर्दा पनि ती दलभित्रका प्रगतिशील र साँच्चै देशलाई माया गर्ने, भ्रष्टाचारविरोधीहरु वाम गठबन्धनलाई सहयोग गर्न तयार छन् । 
जनतालामाझ के एजेन्डा लिएर भोट मागीरहनुभएको छ ?
समुन्नत समाज निर्माण, नेपाललाई आर्थिक रुपले सम्पन्न गराउन, बेरोजगार युवायुवतीहरुलाई नेपालमै रोजगारी दिनका निम्ति कम्युनिस्ट पार्टीको आवश्यकता छ । त्यसकारणले यो जिम्मेवारी सुम्पिदिनुभयो भने त्यो खालको वातावरण हामी सिर्जना गर्न सक्छौं । नेपालमा म साधन स्रोत केही अभाव देख्दिनँ । स्थानीय स्रोत, साधन सदुपयोग गर्न सक्यौं भने हामी कोहीसँग ढुक्नु र झुक्नु पर्दैन । आफैं आत्मनिर्भर बन्न सक्छौं । त्यो भिजनका साथ हामी निर्वाचनमा होमिएका छौं । कांग्रेसीहरुको खासै एजेन्डा छैन । उनीहरुको एजेन्डा हुने भए यसअघिका निर्वाचन जितेपछि केही गर्थे । उनीहरुबाट आशा गर्नु पनि बेकार छ । यो कुरा नुवाकोटवासी र आमनेपाली जनताले बुझ्न जरुरी छ ।
स्थानीय तहमा कृषिलाई विशेष प्राथमिकता दिएर कृषि र पर्यटनलाई जोडी विकास गर्न सक्यौं भने नुवाकोटको विकास तीव्रतामा अगाडि बढ्छ भन्ने हाम्रो भिजन हो । धेरै ठूलो कसरत गरिरहनुपर्ने, दुनियाँसँग हात थापिरहनुपर्ने अवस्था रहँदैन । यहीं भएको साधन, स्रोतलाई व्यवस्थापन मात्रै गर्न सक्यौं भने हामी विकासोन्मुख देशहरुसँग प्रतिस्पर्धा गर्न सक्नेछौं । 
भिजन, मिसन कार्यान्वयन नहुने विगतको समस्या कसरी हल गर्नुहुन्छ ? 
सबै लाग्नुपर्छ । एक, दुईजना नेताले गरेर हुँदैन । राजनीतिक पार्टी, बुद्धिजीवी, समाजसेवी, आमसर्वसाधारण सबै जुट्यौं भने विकासका काम हुन्छ । हामी केही वर्ष राज्यका निकायमा रहन पायौं भने सबै चिजको सेट मिलाएर जान सक्छौं । नीति, निर्माण तह र कार्यान्वयन तहमा चुस्तदुरुस्त गराउने हिसाबमा काम गर्न तयार छौं । 
तपाईंहरुले यसपटक निर्वाचन जित्ने प्रस्ट आधारहरु के के छन् ? 
निर्वाचन जित्ने आधार भनेको हामी दुुई पार्टी मिलेकोले हो । अर्को हाम्रा एजेन्डा सही रहेकोले पनि । हामीमा बहुमत छ । एमाले र माओवादीको मतलाई संरक्षण गरेमात्रै पनि पुग्छ । तर, हामी यसमा ढुक्क भएर बस्दैनौं । नुवाकोटमा दुईतिहाई बहुमतका साथ जित्ने योजनासहित हामी लागिरहेका छौं । कम्युनिस्ट पार्टीको नेतृत्वमा देशलाई समृद्धि बनाउन समाजसेवीहरु पनि सहयोग गर्न तयार हुनुहुन्छ । यस आधारमा हाम्रो सानदार विजय हुनेमा ढुक्क छौं । 
स्थानीय तहको मतपरिणाम र मतान्तरलाई आधार मानेर हुँदैन, यो राष्ट्रिय प्रतिनिधित्व र व्यक्तिको प्रभावसँग गाँसिएको विषय हो भनिन्छ, साथै चुनावमा भोट किनबेच हुने आशंका पनि छ नि ? 
हुबहु स्थानीय तहको मतपरिणामलाई मात्र हेरिरहेका छैनौं । हिजोको जस्तो अवस्थामा जनता अहिले छैनन् । विचारको हिसाबले पनि परिस्कृत नुवाकोटे जनता भएकाले र नेपाली कांग्रेसको नेतृत्वमा धेरै लामो समय सकस व्यहोरिरहेका कारण नुवाकोेटका जनताले नयाँ भिजन भएका वाम गठबन्धनका उम्मेदवारहरुलाई नेत्तृत्व दिन्छन् भन्नेमा हामी ढुक्क छौं । 
कांग्रेसलगायत दलको नेतृत्वले केही विकास गरेन भन्दा तपाईंहरुले के गर्नुभयो भन्ने प्रश्न पनि आउला नि ? 
देशमा स्थिर राजनीतिको निमित्त एमाले र माओवादीले गठबन्धन गरेका हुन् । नेपालमा अहिलेसम्म अस्थिर राजनीतिको कारण अर्थतन्त्रलगायत सबै क्षेत्र अस्तव्यस्त भएकोले स्थिर राजनीति स्थापित गराउन गठबन्धन गरेका हौं । हामीले दुईतिहाइ बहुमत ल्याएर स्थिर सरकार गठन गर्ने र नेपाली जनताको आशा र भरोषाअनुसार काम गर्ने, नेपाललाई समृद्ध बनाउने उद्देश्य राखेका छौं । पछिल्लो समय कांग्रेससँगको सहकार्यमा थोरै समय सरकारमा बसेर नेपाली जनताले भनेको र कम्युनिस्टहरुको उद्देश्यअनुरुप काम गर्न नसकेको स्वीकार्नुपर्छ, स्वीकार्छौं । त्यसैलाई मध्यनजर गरेर अहिले स्थायी सरकारको परिकल्पनासहित वाम गठबन्धन गरेका हौं । यो गठबन्धन एउटै कम्युनिस्ट पार्टी निर्माणको अवधारणाअनुसार अगाडि बढिरहेको छ । 
कम्युनिस्टहरुबाट केही सकारात्मक काम पनि भएका छन् । कम्युनिस्ट पार्टीकै नेतृत्वमा जनताले अनुभूति गर्ने, राहत महसुस गर्ने कामहरु भएका छन् । जस्तो, एमाले नेतृत्वको सरकारको पालामा सुरुआत भएको १ सय रुपैयाँको वृद्धभत्ता विस्तारै बढेर ५ सय । त्यसबाट सर्लक्कै माओवादी केन्द्रको सरकारले दुई हजार बनाइदियो । यो पनि प्रत्यक्ष रुपमा जनतालाई राहत पुग्ने कामहरु हुन् । सँगसँगै विधुवा भत्ता, अपाङ्गता भएकालाई भत्ताजस्ता विषयमा सरकारका तर्फबाट दिने कार्य कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको छ । 
वृद्ध भत्ता ५ हजार पु¥याउने घोषणा पत्र ल्याउनुभयो, कहिलेदेखि लागू हुन्छ ? 
कम्युनिस्टहरुले जे बोल्यो त्यही गर्छन् । मेरो मान्यता पनि हो, जति गर्न सकिन्छ, त्यत्ति बोल्नुपर्छ । त्यसकारण हामीले यसभन्दा अघि हल्ला नगरी काम गरेका थियौं । २ हजार वृद्धभत्ता बनाउने भनेर बोलेको थिएनौं । श्रीमान् मरेको भोलिपल्टदेखि नै विधुवा भत्ता दिन्छु भनेका थिएनौं, अपाङ्गता भएकालाई भत्ता दिन्छु भनेका थिएनौं । तर, आफू सरकारमा जाँदा, अवसर पाउँदा जनताको पीडालाई अनुभूति गरेर त्यो निर्णय गर्‍यौं । सँगसँगै नेपालमा कसैले परिकल्पना नगरेको लोडसेडिङ मुक्त हाम्रै माओवादी केन्द्र अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको सरकारका पालामा सम्भव गरायो । जुनबेला उर्जामन्त्री जनार्दन शर्मा हुनुहुन्थ्यो । अहिले देशैभरि लोडसेडिङ मुक्त भएपछि जनता आफैं दंग छन् । केही गर्न खोजिसकेपछि हुँदोरहेछ नि ! नेतृत्वमा गर्छु भन्ने आँट हुनुपर्छ भन्ने छाप नेपाली जनतामा परेको छ । त्यसकारण कम्युनिस्टहरुको नेतृत्वले केही गर्छ । जत्ति पनि सकारात्मक कामहरु भएका छन्, त्यो कम्युनिस्टकै नेतृत्वमा भएको हो । आगामी दिनमा पनि हामीले भनेको र अगाडि सारेका योजना कार्यान्वयन गरिछाड्ने छौं । 
भूकम्पपीडितलाई १५ हजारभन्दा बढी दिन सक्दैनौं भन्दै हिँडेका थिए रामशरण महतहरु । उहाँले सदनमा पनि त्यही कुरा उठाउनुभयो । तर, हाम्रो पार्टीको नेतृत्वमा सरकार रहँदा भूकम्पपीडितलाई दुई लाखले मात्रै पुग्दैन भनेर एक लाख थपेर दिने काम भएको छ । हामी यो चुनावी नाराको रुपमा मात्र लिइरहेका छैनौंं । गर्न सक्ने कामको रुपमा बोलिरहेका छौं । अब हामी वृद्ध भत्ता ५ हजार बनाउँछौं । स्रोतले धानेमा त्यो भन्दा बढी पनि बनाउँला । हामीलाई सेवा गर्ने अवसर प्रदान गर्‍यो भने ५ हजार पाँच वर्षको अन्तरालमै बनाउँछौं । 
गठबन्धन कस्नु नै पार्टी एकतामा जाने भन्ने उद्देश्य हो भने भावनामात्रै मिलाएर एकता नहोला । एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको समाजवाद कसरी फ्युजन होला ?
अहिले गठबन्धन बन्ला भनेर कसैले कल्पना पनि गरेका थिएनन् । नेपालमा अहिले कम्युनिस्ट नेतृत्वको खाँचो छ । त्यसैले वाम एकता ऐतिहासिक जिम्मेवारी हो भनेर नै शीर्ष नेताहरुले यो डिसिजन गर्नुभएको हो । यो कुरालाई सबैले आत्मसात गरे भने विचारमा पनि नमिल्ने भन्ने छैन । एमाले र माओवादीबीच विचारमा धेरै फरक छैन । उद्देश्य एउटै । स्कुलिङलगायत केही पाटा फरक छन् । त्यसैले त्यत्ति धेरै मतभिन्नता देखेकी छैन । पार्टी एकता हुन्छ भन्ने मलाई लागेको छ । 
अब निर्वाचन अभियानलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ? 
नुवाकोटमा राजनीतिलाई मागी खाने भाँडोको रुपमा अलि बढी स्थापित गरेका छन् परिवारवादको राजनीति गर्ने कांग्रेसीजनहरुले । यो संस्कार अन्त्यको निम्ति सचेतनात्मक कार्यक्रम दिन खोजिरहेका छौं । हामी यतिखेर यत्ति हजार दिन्छौं आमा भनेर जाँदैनौं । नुवाकोटलाई समृद्ध बनाउन हाम्रो भिजन यी र यस्ता छन् भनेर आमा, बुबा, दाजुभाइ, दिदीबहिनीमाझ गइरहेका छौं । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions