ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नायक बन्ने अफर आउँदा हाँसो लाग्यो...



नायक बन्ने अफर आउँदा हाँसो लाग्यो...

-

पछिल्लो समय बेलायत नेपाली कलाकारहरुको रोजाइको गन्तव्य बनेको छ । बेलायतमा नेपालीहरुको बसोबास बक्लिँदै गएपछि नेपाली लोकसंस्कृतिको जगेर्ना गर्ने क्रममा कलाकारहरु बेलायत आउन थालेका हुन् । नेपालीहरुले मनाउने विभिन्न चाडको अवसरमा थुप्रै कलाकारहरु आउने गर्दछन् । हालै नेपालको राष्ट्रिय पर्वहरुमध्येको एक, गुरुङ (तमु) जातिहरुको महान् चाड ल्होछार÷ल्होसार मनाउने क्रममा थुप्रै कलाकारहरु बेलायत आए । ल्होछारकै निम्तोमा बेलायत आएका कलाकारमध्येका एक हुन्, गायक नरजङ्ग गुरुङ । बाबा उदबहादुर गुरुङ तथा आमा उर्मिलाको कोखबाट आजभन्दा ३२ वर्ष अघि स्याङ्जाको भिरकोट नगरपालिका–२, तल्लो र्‍यालेमा जन्मे हुर्केका गायक गुरुङ तमुधिं युकेको निमन्त्रणामा बेलायत आएका हुन् । मिठो स्वरका धनी गायक नरजङ्ग गुरुङको सांगीतिक यात्राबारे एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको छोटो कुराकानी । 
कस्को निमन्त्रणामा बेलायत आउनु भयो ? 
तमुधिं युकेको निमन्त्रणामा तमु ल्होछारका लागि गत २७ डिसेम्बरका दिन बेलायत आएको हुँ । 
तपाईले कहिलेदेखि  सांगीतिक क्षेत्रमा हुनुहुन्छ ।  
हुन त म सानैदेखि गुन्गुनाउने गर्थें तर पनि औपचारिक रुपमा भने २०६३ सालदेखि गाउँदै आइरहेको छु । 
अहिलेसम्म कतिवटा गीतहरु रेकर्ड गर्नुभयो ? 
गुरुङ, नेपाली र चलचित्रका गरेर लगभग ३ सयवटा गीतहरु रेकर्ड गरिसकेको छु । 
तपाईलाई कुनचाँहि गीतले श्रोता तथा दर्शकबीच चिनायो ?  
‘ए ङोल्स्यो, ए ङोल्स्यो’ बोलको गीतले चिनाएको हो । जुन गीतले आदिवासी जनजाति अवार्ड समेत जित्न सफल भए । त्यसैगरी विभिन्न सांगीतिक प्रतियोगिताहरुमा भाग लिन पुगें । विशेषगरी मलाई ‘गण्डकी तारा’ नामक रियालिटी शोले पनि संगीत पारखीमाझ चिनाउन मद्दत गर्‍यो । जुन प्रतियोगितामा म दोस्रो भएँ । त्यस्तै, २०६५ सालमा मैले फ्युचर अर्थात् भविष्य नामक ७ वटा गीत भएको अडियो सीडी एल्बम निकालें । त्यसै गरेर अन्य कलेक्सन एल्बम र चलचित्रका गीतहरुमा स्वर दिँदै आएको छु ।  
सांगीतिक क्षेत्रमा कसरी क्षेत्रमा प्रवेश गर्नुभयो ? 
सानैदेखि गुन्गुनाउने गर्थे । रेडियोमा गीत बज्नेवित्तिकै त्यो गीतको खोजी गर्थें । त्यसलाई हुबहु गाउने प्रयास गर्थें । त्यस्तै गरेर मेरो आमाबुवाले पनि गाउँघरको भाकामा गीत गाउनु हुन्थ्यो । त्यसले पनि मलाई संगीततर्फ आउन प्रेरणा मिलेको हो । 
तपाई गायनबाट सन्तुष्ट हुनुहुन्छ ? 
एकदमै सन्तुष्ट छु । त्यसैले गर्दा नै अगाडि बढिरहेको छु । 
गायनकै क्रममा कुन कुन देशमा पुग्नु भयो ? 
पहिलो पटक २०१२ सालमा कोरिया पुगेको थिएँ । ६ पटक हङकङ पुगिसकेको छु । त्यस्तै, २०१६ सालमा अस्ट्रेलिया पुगेको छु । 
नेपालको सांगीतक माहोलको बारेमा अलिकति बताइदिनुहोस् न ? 
पछिल्लो समय नेपालको सांगीतिक क्षेत्र सुध्रेको छ अर्थात् पहिलाको भन्दा धेरै राम्रो भएको छ । सबैले मनपर्ने खालको गीत दिन सकियो भने भविष्य राम्रो नै छ । र, त्यस्तै गीतको खोजी गर्दै संघर्ष गरिरहेको छु । 
नेपालको सांगीतिक क्षेत्रलाई भारतीय र पश्चिमेली संस्कृतिले कतिको असर पारेको महसुस गर्नुभएको छ ? 
असर पारेको छ तर त्यति धेरै भने होइन । 
संगीतमा मात्रै हुनुहुन्छ कि अरु पेसामा पनि आवद्ध हुनुहुन्छ ? 
केही वर्षदेखि मैले संगीतमा पुरै समय दिँदै आएको छु । यसलाई नै मैले पेसाको रुपमा निरन्तरता दिँदै आएको छु । विगत १० वर्ष मैले पोखरामा बसेर काम गरें तर गत ७ महिनादेखि सांगीतिक करियरका लागि म काठमाडौंमा छु । हालै बारुला नामक गीत बजारमा ल्याएको छु । सकेसम्म छिटो ढिलोमा ३ महिनामा दर्शक तथा श्रोताहरुलाई एउटा कोसेली दिने प्रयास गरिरहेको छु र गर्नेछु । 
तपाईले संगीतको औपचारिक शिक्षा लिनु भएको छ कि ? 
हो, मैले पोखरामा हुँदा संगीतको कक्षा लिएको थिएँ । र, अहिले काठमाडांैमा भने लिएको छैन तर रियाज भने गरिरहेको छु । 
गायन मात्र होकि शब्द रचना वा संगीत भर्ने पनि गर्नुहुन्छ ? 
गायन सँगसँगै संगीत पनि भर्ने गरिरहेको छु । शब्द रचना गर्न भने म बाट हुँदैन । तर, चलचित्रमा अभिनय गरेको छु । गायनकै क्रममा प्रितम गुरुङज्यूले नायकको भूमिकामा अफर दिनुभयो, सुरुमा मलाई हाँसो पनि लाग्यो तर पछि ४ वटा गुरुङ चलचित्रमा अभिनय गरें ।  
यस पेसालाई निरन्तरता दिनुहुन्छ ? 
अवश्य पनि म गीतसंगीतलाई निरन्तरता दिनेछु । बढी भन्दा बढी फोकस गायनमा नै हुनेछु । र, फुर्सदको बेलामा अभिनयलाई पनि निरन्तरता दिनेछु । 
तपाईले बेलायतको कुन/कुन स्थानमा आफ्नो  प्रस्तुति दिनुभयो ? र, बेलायतमा नेपाली संगीतको अवस्था कस्तो देख्नुभयो ? 
मैले गत ३० डिसेम्बर २०१७ को बेलुकी तमुधिं युकेद्वारा रेडिङ, गत ६ जनवरी २०१८  बेलुकी सोपाल समाज युकेले आयोजना गरेको कार्यक्रम, गत आइतबार ७ जनवरी २०१८ का बेलुकी तमुधिं लन्डन इकाईद्वारा आयोजित ल्होछार कार्यक्रममा आप्mनो प्रस्तुति दिने मौका पाएँ । अरु विदेशमा बस्ने नेपालीहरुले जस्तै बेलायतमा बस्ने नेपालीहरुले पनि नेपाली कला र संस्कृतिलाई असाध्यै माया गरेको र चासो राखेको पाएँ । र, आउने १३ जनवरी बेलुकी साउथ ईस्ट रिजनल तमुधिं लन्डनद्वारा प्लमस्टिडमा आयोजना हुन लागेको ल्होछार कार्यक्रममा पनि आप्mनो प्रस्तुति दिनेछु । र, १५ जनवरीका दिन नेपाल फर्कंदै छु । 
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? 
यस अवसरका लागि एभरेष्ट टाइम्स परिवारलाई धन्यवाद । त्यस्तै, बेलायत आएर आप्mनो कला प्रस्तुत् गर्ने सुवर्ण मौका दिनुहुने तमुधिं युकेलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । आ–आप्mनो क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मलाई सहयोग गर्नुहुने विभिन्न महानुभावहरु र मेरो गीतलाई सुनिदिनुहुने सबै दर्शक तथा श्रोताहरुलाई धन्यवाद दिन चाहन्छु । 
यसरी नै नेपाली गीतसंगीत माया गरिरहनुहोस् । र, अन्त्यमा मेरो ‘बारुला’ शीर्षकको गीत बजारमा आइसकेको छ । त्यसलाई सुनेर प्रतिक्रिया दिनहुन हार्दिक अनुरोध पनि गर्न चाहन्छु ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions