ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सरकारकै कारण आन्दोलन



सरकारकै कारण आन्दोलन

-

संविधानको कार्यान्वयनका लागि प्रदेश सरकार गठन हुनैपर्छ । त्यति मात्र होइन, प्रदेश सभा गठन हुनैपर्छ । त्यति मात्र होइन, प्रदेशको अस्थायी भए पनि राजधानी तोक्नैपर्छ । तर, यो कार्यान्वयन गर्ने क्रममा सरकारबाट भएको गम्भीर त्रुटीका कारण अहिले देश आन्दोलनतर्फ धकेलिएको छ । देशले ७० वर्षदेखिको अस्थिर राजनीतिक अवस्था र अस्थिर सरकारलाई अन्त गर्नेगरी जनताले वामपन्थी शक्तिलाई भारी बहुमतसहित विजयी गराएको छ । जनादेश एकातिर छ, अनेकन संवैधानिक छिद्रहरुको खोजी गर्दै कामचलाउ सरकारले सत्ता लम्ब्याउने ध्याउन्नमा लागेकै छ । देउवा सरकारले सत्ता लम्ब्याउने अनेकौं उपायहरु खोज्यो । समयमा गर्नुपर्ने कामलाई घक्र्याउँदै आयो । प्रदेशको अस्थायी मुकाम खडा गर्ने काम पनि यसैको यौटा खुड्किलयो थियो । मन्त्रिपरिषद्का अनेकौं चरणमा भएका बैठकपछि गत बुधबार प्रदेश मुकामबारे यौटा निर्णय भयो । तर, यो निर्णय सरकारका मन्त्रीहरुबीच नै भागवण्डाको आधारमा गरिएको थियो । कसैले कल्पनै नगरेको प्रदेश नं. ३ को अस्थायी मुकाम हेटौंडा पुर्‍याइयो । अस्थायी मुकाम खोज्न गठित कार्यदलको प्रतिवेदन विपरीत मुकामहरु घोषणा भयो । बुधबार सा“झदेखि विरोध र समर्थनमा प्रतिक्रिया आउन थाल्यो । बिहीबार बिहानैदेखि देशका धेरै भू–भाग जल्न थाले । कहिंकतै मात्र सरकारी निर्णयको समर्थन भयो ।
हुन त, अहिले घोषित प्रदेशको राजधानी अस्थायी हो । भोलि प्रदेश सभाको दुई तिहाई बहुमतले बुटवल, दाङ नभएर कुनै तेस्रो स्थानलाई पनि अनुमोदन गर्न सक्छ । सार्वभौम प्रदेशसभाका सांसदहरुले गर्ने निर्णय अन्तिम हुने पक्का छ । यही निर्णय पनि सरकारले निर्वाचन अघि गरेको भए यति धेरै तनाव उत्पन्न हुने थिएन । तर, जहिल्यै ढिला गर्ने बानीले राजधानीको विषयमा खेल्ने मौका मिल्यो । सरकारको अदुरदर्शिता त छंदैथियो, प्रदेश राजधानी निर्णय गर्ने बेलामा सरकार स्वयं पनि भागवण्डाको घृणित खेलमा उत्रियो । मन्त्रिपरिषद् बैठकमै प्रदेशको बिला लगाइयो । कसैले बिला मन पराए, कसैले चित्त दुखाए ।
संघीयताको मर्मअनुसार सरकार कतै न कतै चुकेको पक्कै हो । तर मुख्य राजनीतिक दलहरुको सहमति र मुकाम प्रतिवेदनको भावना अनुरुप मुकाम तोक्न सरकार असफल भएपछि बढेको प्रतिक्रिया समयमै मत्थर बनाउन सक्नुपर्छ । संविधानले गरेको व्यवस्था अनुसार प्रदेश मुकामको अन्तिम टुंगो लगाउने अधिकार प्रदेशसभालाई भएको हुँदा आन्दोलनकारीहरुले प्रदेश सभाका सांसदहरुलाई आफ्नो ठाउँबारे बुझाउन सक्नुपर्छ । सडकबाट सबैतिर प्रदेश बा“ढ्न सम्भव हु“दैन । समयमै शान्ति र स्थायित्वको लागि राजनीतिक तहमा पहल थाल्नु नै सबैका लागि बुद्धिमानी हुनेछ । हितकर हुनेछ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions