ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

विभूषित हुने कल्पना नै थिएन : मेजर शान्त पुन



विभूषित हुने कल्पना नै थिएन : मेजर शान्त पुन

-

मेजर शान्त पुन नयाँ वर्ष २०१८ मा बेलायतकी महारानी एलिजावेथ द्वितीयद्वारा Member of British Empire (MBE) बाट विभूषित भए । संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयअन्तर्गत Military Academy Shrivenham निजामती सेवामा कार्यरत  उनी पुन समाज युकेको संस्थापक अध्यक्ष तथा मगर संघ युके च्यारिटी कमिसनका संरक्षक पनि हुन् । उनै मेजर शान्त पुन MBEसँग चिम्खोले काइँलाले गरेको कुराकानी । 
तपाईको परिचय ? 
बुवा इन्स्पेक्टर स्वर्गीय हेमबहादुर पुन र आमा स्वर्गीय शर्मादेवी पुनको कोखबाट काठमाडौंमा जन्मिएको हुँ । मेरो पुख्र्यौली घर म्याग्दी जिल्ला शिख, स्वातमा हो । भर्ती हुन अगाडि काठमाडौं त्रिचन्द्र कलेजमा अध्ययनरत थिए । QG Signals मा सत्ताईस वर्षको जागिर गरेर हाल Defence Academy of the UK मा SO2 Cord Course Co-ordinator को अभिभारा लिई काम गर्दै आइरहेको छु । मेरो परिवारमा मेरो श्रीमती नन्दा पुन र दुई छोरा छन् । 
नयाँ वर्ष २०१८ को अवसरमा बेलायतकी महारानी एलिजावेथ द्वितियद्वारा मेम्बर अफ ब्रिटिस एम्पायर (MBE) बाट विभूषित हुनुभएको छ कस्तो अनुभव भइरहेको छ ? 
म यो पदकबाट विभूषित हुनेछु भन्ने सपनामा पनि कल्पना गरेको थिएन । आश्चर्यपूर्ण विभूषित हुँदा म एकदमै हर्षले गद्गद् भइरहेको छु । र, यसमा मेरो खुसीको सिमाना नै छैन । 
बहालवाला सेनामा रहँदा मान पदवी तथा मेडल पाउने धेरे संभावना तथा मौकाहरु हुन्छन् । तर, तपाई सेनाबाट निवृत्त भइसकेको व्यक्ति निजामती सेवामा कार्यरत हुनुहुन्छ एमबीईबाट विभूषित हुनचाहिँ कसरी सम्भव भए जस्तो लाग्छ ? 
सायद मैले आफ्नो कामप्रति निर्वाह गरेको जिम्मेवारी, लगनशील, परिश्रम, विश्वास र इमान्दारिताको कदर गरेर विभुषित गरेको हुनुपर्छ । मलाई लाग्छ, हामीले आफ्नो जिम्मेवारी, लगाव, परिश्रम, विश्वास र इमानदारिता सधैं कायम गरेर अघि बढ्दै जानुपर्दछ । 
तपाई कार्यरत Defence Academy Shrivenham मा आफ्नो जिम्मेवारीबारे केही बताइदिनु हुन्छ कि ? 
म हाल Defence Academy of the UK मा SO2 Cord Course Co-ordinator को कार्यभार सम्हाल्दै आइरहेको छु । यस ठाउँमा वर्षमा ४५० जति अफिसर्स स्टुडेन्टस्लाई तालिम दिइन्छ । यसै तालिमअन्तर्गत मेरो जिम्मेवारी चाँहि डेल्ली ट्रेनिङ प्रोग्राम तयार गरेर ब्रिटिस र Royal Marine को अफिसर्स स्टुडेन्टस्लाई वितरण गर्नु हो । यसै ट्रेनिङ प्रोग्रामको आधारमा उहाँहरुको तीस हप्तासम्म तालिम गर्नुहुन्छ । 
मेजर शान्त पुन को हो जस्तो लाग्छ ? 
म केवल एउटा साधारण व्यक्ति हुँ । तर, पारिभाषिक रुपमा भन्नु चाहँदा म एक परिश्रमी, समाजसेवी, सत्य बोल्न नहिच्किचाउने र सबैको भलो चाहने व्यक्ति हुँ जस्तो लाग्दछ । 
तपाई कुन कुन सामाजिक संस्थाहरुमा आवद्ध हुनुहुन्छ ? सामाजिक संस्थाहरुमा आवद्ध हुने कोबाट प्रेरणा पाउनु भयो र किन यसरी सामाजिक संस्थाहरुमा लाग्नु भयो ? 
मेरो बुवा पनि एक प्रतिष्ठित समाजसेवी हुनुहुन्थ्यो र म उहाँबाट नै प्रेरित भएको हुँ भन्न मन लाग्छ । हाल म मगर संघ युके, पुन समाज युके, नेपाली समाज स्वीन्डन (Wiltshire) / Ex-Gurkha Club Swindon मा आवद्ध छु । यी सामाजिक संस्थाहरुमा लाग्नुको खास कारण त केही छैन । आफ्नो अनुभव, विचार र सरसल्लाहबाट समाजलाई मद्दत पुग्छ कि भन्ने हेतुले लागेको हुँ । 
मगर संघ युकेको जस्तो अत्यन्तै शक्तिशाली संस्था स्थापित हुँदाहुँदै पनि पुन समाज युके खोल्नुको उद्देश्य बताइदिनु सक्नु हुन्छ कि ?
पुन समाज युके एक गाउँले तथा पारिवारिक समाज हो । पुन समाज युकेको कुनै पनि पारिवारिक सदस्यहरुलाई दुःख पर्दा छिटो र छरितोसँग मद्दत गर्न सकुँ र हाम्रो चालचलन, रीतिरिवाज र भेषभूषा जोगाउनुको लागि खोलिएको समाज हो । पुन समाज युके बालियो हुनु भनेको मगर संघ युके बलियो हुनु हो । 
के भविष्यमा पुन समाज युके र पुन मगर समाज युके एकीकृत हुने संभावना देख्नु भएको छ ? यदि छ भने आधारहरु बुँदागत रुपमा बताइदिनु हुन्छ कि ? 
अवश्यै नै एक दिन यी दुई सामाजिक संस्था एक हुने छ । हरेक व्यक्तिको आ–आफ्नो सोचाई बानीव्यहोरा र विचार हुन्छन् । मेरो विचारमा यी तलका बुँदाहरुलाई आधार मानेर हिँडेमा एकीकृत हुने संभावना छ । 
इतिहासलाई सँधै कदर गर्नुपर्छ, बिर्सनु हुँदैन,
सत्य कहिले झुठो हुँदैन 
सधैं सही मार्गमा हिँड्न सक्नु पर्छ । 
संसारभरि छरिएर बसेको मगर तथा गैरमगरहरुलाई केही सन्देश छ कि ? 
सबैभन्दा पहिला ढिलो भए तापनि नयाँ वर्षको हार्दिक शुभकामना दिन चाहन्छु । एकापसमा माया, कदर, मेलमिलाप गरौं यही नै मेरो सन्देश छ । यसरी एभरेष्ट टाइम्समार्फत कुराकानी गर्ने मौका दिनु भएकोमा पत्रिकाका टिम र दुत भाइलाई धेरैधेरै धन्यवाद छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions