ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कात्रो बिनाको लाश



कात्रो बिनाको लाश

एकेन्द्र गुरुङ -

पहाडको टुप्पामा गुचमुच परेको गाउँ, बाक्लो वस्ती । ढुंगाले छाएको सानो धन्सार । धन्सारको भुईतला । रातको समय । लघु जलविद्युतले गाउँ उज्यालो देखिएको तर उक्त घरमा सानो टुकीको मधुरो प्रकाश । अन्दाजी ३/४ बर्षकी उजेली र ४/५ बर्षको जस्तो देखिने सुन्तली मात्र देखिन्थी । अंगेनीमा आगो बलेको देखिन्थ्यो । सिल्वरको डेप्चीमा वासी खाना । सिदा मात्र देखिन्थ्यो । भित्र कुनै मान्छे नै नभएको जस्तो सुनसान । कतै केहि सुनिन्नथ्यो । बरु अँध्यारोलाई चिर्दै खोलाको सुसाहट र गाउँको भोटे कुकुर भुकेको आवाज गाउँ माथिको जंगलमा ठोकिएर अंगानीबाट घर भित्र पोखिन्थ्यो । 
विस्तारै भाले बासेको, ढिकी, जाँतो चलाएको, पर कतैबाट टुकटुके मिलको आवाज संगै पूर्वमा लाली चढेको दृश्यले गाउँले दैनिकीमा पर्केको आभास हुन थाल्छ । पूर्वबाट सूर्यको सुन्दर लाली डाँडालाई छल्दै गाउँमा पोखिन थाल्छ । गाउँदेखि तल बेंशीमा कपासको भुवा जस्तो बादलले ढाकेको सेतो विचित्रको दृश्य आँखामा ठोकिन आइपुग्छ । सधैं झै उजेली र सुन्तली पनि उठ्छे । तर त्यहाँ कोही पनि थिएन । 
त्यहाँ सधैं हुने आमा थिएन । बाबा गंगे त अरब गएको तीन बर्ष भैसकेको थियो । गाउँमा ढिकी जाँतो, कुटी र कोदाले, मेलापात गरेर देउकलीले परिवार पालेकी थिई । दुःख जिलो गरेरे छोरीहरुको हेर विचार गर्थी । मेलापातमा पनि दुवै छोरीहरु संगै लैजान्थ्यो ।  दुःखको भुमरीमा पिल्सिंदा पनि गंगे र देवकलीले सुन्दर सपना देख्न छाडेको थिएन । अरवमा रहेका श्रीमान्संग फोनमा कुराकानी भैरहन्थ्यो  । दशंैतिहारमा घर आउने । विदेशमा जाँदा लिएको साहुको ऋण तिर्ने । गाउँमा एउटा दोकान चलाउने । दोकान देवकलीले हेर्ने । गंगे फेरी बैदेशिक रोजगारीमा जाने । छोरीहरुलाई पोखराको राम्रो स्कूलमा पढाउने । बाँकी जीवन सुखसंग बाँच्ने सुन्दर सपना बाँड्थे । आधा पेट खाएर, आधा अंग ढाक्ने लुगा लगाएर हिड्दा पनि एक आपासको माया र प्रेमले गर्दा उनीहरुको जीवन सुखमय थियो । दुख भित्रबाट सुख पलाउने प्रयासमा थिए । विदेशबाट गंगेले फोन गरिरहन्थ्यो । सन्चो, विसन्चो र छोरीहरुको चासो लिईरहन्थ्यो । तर कम्पनी भनेको जस्तो थिएन । समयमा तलब नदिएर राजदुतावासलाई समेत गुहार्नु पथ्र्यो । तलब बुझ्न सकस भैरहन्थ्यो । 
एक बिहानै गाउँमा एउटा हल्ला फैलिन्छ । सनसनीपूर्ण यो हल्लाले गाउँनै हल्लाउछ । तर अवोध उजेली र सुन्तलीलाई त्यो हल्लाले छुँदन । आपूmहरु टुहुँरा भएको त्यो त्राशदीपूर्ण दृश्यले पनि चिमोट्न सक्दैन । तिनीहरु केवल भोकले मात्रै रोइरहेका थिए । हल्ला गाउँमाथि खिर्राको बोटमा झुण्डाईएको देवकलीको लाशको थियो । गाउँले सबै स्तब्ध थिए । भित्र भित्रै सबै रोईरहेका थिए । सबै किंकर्तव्य विमुढ थिए । तर लाश छोएर डाँको छाडेर रुने कोही थिएन । किनभने गंगे केही बर्ष अघिदेखि विदेशमै थिए । 
गाउँमा यतिखेर थोरै मान्छे मात्र छन् । वैदेशिक रोजगार, बसाईसराईका कारणले हुन सक्छ । त्यस्मा पनि मुखियाको प्रभावको कारण देवकलीको लाश त्यहि खिर्राको बोटको फेदमा गाडिन्छ । संस्कार, संस्कृति अनुसार कर्म गरिएन । माईतीलाई बोलाइएन ।  कात्रो ओढाइएन । जिमुवालको शिकारी कुकुरलाई जस्तै खाल्डोमा खनेर गाडी दिन्छ । कारण देवकली वेकालमा मरेको भन्ने अनावश्यक भ्रम सृजना गरिन्छ । वेकालमा मरेकोहरुको लाश सेलाउदा संस्कार र संस्कृति अनुसार गर्नु पर्दैन भनिन्छ । 
उल्टो देवकलीलाई नहुने वापत लगाउन थाल्छ । परपुरुषसंग पल्केकी । छोरीहरुको वास्ता नगरेकी । आप्mनो पारिवारिक मर्यादामा नबसेकी । आप्mना श्रीमानलाई चटक्क भुलेर अर्कैको पेट बोकेकिले गाउँ समाजको आगाडि देखिन लज्जित हुनुपर्ने र परपुरुषको बच्चा बोक्नु भनेको सात जुनीका पाप हो त्यसैले आप्mना प्राणभन्दा प्यारो छोरीहरु र लोग्नेको माया ममता भन्दा पापको परिणाम जटिल संझेर देवकली झुण्डिएको हुन सक्ने गाउँलेको बुझाई थियो । पँधेरा, मेलापातमा जहीतही देवकलीको पेट बोकेर आत्महत्या गरेको चर्चा भैरह्यो । गाउँको मुखियाको घरबाट गंगे विदेश जाँदा लिएको ऋणको कुरा गौण भएको थियो । ऋण तिर्ने भाका नपुग्दै मुखिया देवकली कहाँ गएर पैसा माग्ने । पैसा नदिए गाउँबाट लखिटिने धम्कीको बारेमा कसैले बुझ्ने प्रयास गरेन । बिषय ऋणको भन्दा देवकलीको बंैशको थियो मुखियाको लागि । देवकलीको वाध्यता र विवशता बुझेर पनि नबुझेको झै देखिन्थे गाउँले । मुखियाले दिनदिदै देवकलीलाई फकाउने, धम्काउने गर्ने गरेको बिषयमा मुख खोल्न चहाँदैनथे । 
पैसा फिर्ता नगर्ने शर्तमा देवकलीले मुखियासंग गरेको रोमन्स पाप भएर आयो । यसैको कारण राँडी मरि भनेर गाउँलेले उल्टो कुरा बुझ्यो । गंगे र देवकलीको बिबाह प्रेम बिबाह थियो । देवकली गंगेको गाउँमा बैशाख पूर्णिमामा घाँटु हेर्न जाँदा गंगे र देवकलीको पहिलो भेट भएको थियो । बैशाख पूर्णिमामा गुरुङ गाउँ वस्तीमा ३÷४ दिनसम्म घाँटु नचाएर रमाईलो गरिन्छ । छिमेकी गाउँहरुमा घाँटु हेर्न जाने परम्परा आझै पनि छ । गंगे र देवकलीको अर्को भेट ४ महिना पछि पुःन देवकलीको गाउँमा भएको पुटपुटे नाचमा भएको थियो । पुटपुटेमा सोराठी नाच, कृष्ण चरित्र नाच, घाँटु नाच र अरु विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत् गरिन्छ । यसरी गंगे र देवकलीको भेट विस्तारै बाक्लिन थाल्छ । वल्लो पल्लो गाउँको विद्यालयको बार्षिकोत्सव, हाट बाजरमा भेट्ने क्रम बढ्दै जान्छ । सानातिना निहुँ गरेर पनि भेट्न थाल्छन् । एक आपसमा मायाको चिनो साट्न थाल्छन् । उनीहरु बीचको माया झाँगिएर ठूलो भयो । हुरी बतासले हलाउदैमा नहाल्लिने हँुदै गयो । गंगे एसएलसी दिने बेला हुन लागेको थियो । देवकली आठमा पढ्थिन । उनीहरुले पढाईलाई भन्दा माया प्रेमलाई नै प्राथमिकता दिए ।  
गंगेको बुवा–मुमा उ सानै हुँदा खसेका थिए । त्यसैले उ कान्छा बाबासंग बस्थे । कान्छा बाबा र कान्छी आमा गंगे एसएलसी सकाएर विदेश पठाउन चाहन्थे । विदेश गएमा पैसाको मुख देख्न पाउने लोभ थियो उनीहरुको । यत्तिकैमा एकदिन गंगेको हातमा एउटा चिठ्ठी प¥यो । चिठ्ठी देवकलीको थियो । चिठ्ठीमा देवकलीको महिनावारी रोकिएको कुरा रहेछ । अब उनीहरु बीच विवाह गर्नुको विकल्प थिएन । तर विवाह गर्नका लागि गंगेको कान्छा बाबा र आमा मंजुर हुने कुरै थिएन । त्यसैले तिनीहरु घर छाडेर जानु पर्ने भयो । के गरम्, कसो गरम्, हुँदै गंगेले भागेर जाने निधो ग¥यो । देउकलीलाई लिन गंगे देवकलीको गाउँमा पुगे रातरात पोखरा भगाएर लगे ।  गंगेसंग सुको पनि थिएन । देवकलीले संगालेर राखेको केहि पैसाले दुखम् सुखम् पोखरामा केहि दिन बस्यो । गंगेले पोखरामा काम खोज्यो कतै केहि काम पाएन । काम जानेको पनि केहि थिएन । पोखरामा भोकभोकै बस्नु भन्दा गाउँ जानु उचित सम्झेर गाउँ फर्के । गाउँमा कान्छा बाबा र कान्छी आमाले घर पस्न दिएनन् । गैह«ी घरको काईला बाबाको धन्सारमा जसो तसो बस्ने प्रवन्ध मिलाए । स्कूल छुट्यो । एसएलसी उत्र्तीण गरेर ठूलो मान्छे बन्ने सपनाको ढोका खुल्नै सकेन । कान्छा बाबाको पनि वैदेशिक रोजगारमा पठाएर पैसा कमाउन लगाउने योजना भताभुङ्ग भयो । दाई भाउज्यू चाँडै बिते पनि गंगेलाई कान्छा बाबाले राम्रोसंग हुर्काएका थिए । राम्रोसंग पढाएको थियो । एउटा राम्रै कन्य भित्राउने सोचमा पनि थिए । गंगेको जिन्दगी राम्रो वितोस् । राम्रैसंग गरि खाओस् । बुहारीले घर धानोस गंगेले वैदेशिक रोजगारबाट राम्रै कमाएर ल्याओस् । भविश्यमा आफ्नो पनि सहारा बनोस् । तर भने जस्तो कहाँ हुन्छ र ? मान्छेको कर्मको खेल कस्ले बुझ्न सक्छ र ? चाहेको जस्तो सोचेको जस्तो कहाँ हुन्छ र? गंगेले स्कूल वीचैमा छाडीदियो । खुशी थिएन । त्यसैले गंगेलाई घर पस्न दिएन । गैह्रीघरको धन्सारमा गंगेको नयाँ जीवन शुरु भयो देवकलीसंग । 
गंगे र देवकलीको जीवनमा उजेलीको जन्म हुन्छ । अन्र्तराष्ट्रिय गैह« सरकारी संस्थाको सहयोगमा निर्माण भैरहेको स्वास्थ्य र्चौकीमा गंगेले कर्मी काम शुरु गर्छ । खाना बस्नको गुजरा चल्छ । तर अब कसरी अगाडि बढ्ने? भविश्यमा के गर्ने? कुनै योजना हँुदैन । श्रीमान् श्रीमती संगै हुन पाउन नै ठूलो कुरा भयो । त्यसैमा दुवै जनालाई सन्तोष थियो । खुशी थियो । एकापसको प्रेम र समपर्ण नै ठूलो थियो । त्यसैमा सुख पाउथ्यो, त्यसैमा आनन्द हुन्थ्यो  । त्यसैलाई सुन्दर ठान्थ्यो । राम्रो लगाउने, मिठो खाने भन्दा पनि दुईजनाको मिलन नै ठूलो थियो  । सुमधुर थियो । यही मिठो र सुन्दर संसारमा उजेली एक बर्ष पुग्नै लाग्दा अर्की छोरी सुन्तलीको जन्म हुन्छ । यसरी पारिवारिको संख्या बढ्दै जान्छ । गंगे र देवकलीको प्रेम भन्दा गरिवीको राप बढ्दै जान्छ । गाउँका अरु युवाहरुले वैदेशिक रोजगारीबाट कमाएर ल्याएको बिषयले प्राथमिकता पाउन थाल्छ । बाध्यता र विवशताको अगाडि कस्को के लाग्छ र ? आखिर गंगेले आप्mना प्राण भन्दा प्यारी देवकली र छोरीहरु उजेली र सुन्तलीलाई छाडेर विदेश जाने निधो गर्छ । गाउँको मुखियासंग ऋण लिन्छ । जसको व्याज चर्को हुन्छ । चाँडै कमाएर बुझाउने भाका गर्छ । 
गंगे सुन्दर सपना बोकेर विदेसिन्छ । नयाँ ठाउँ, नयाँ काम । देवकली र दुईटी छोरीहरुको सम्झनाले दिन रात सताइरहन्छ । त्यसमा पनि एजेन्सीले राम्रो काम भनेर गएको आखिर नराम्रो काममा फसिन्छ । तर पनि गंगेले हिक्मत हार्दैन । जसरी पनि साहुको ऋण चुक्ता गर्ने अनि त्यसपछिको पैसाले घरबार जोर्ने, छोरीहरुलाई राम्रो स्कूलमा पढाउने सपनाले पछ्याईरहन्छ । तर, घरमा पैसा पढाउन सक्तैन । सपना सपनामै सिमित हुन्छ । 
घरमा देवकलीलाई ऋण बुझाउन साहुले दिनदिनै सताउछ । पैसा भन्दा पनि देवकलीको चटक्क परेको बैशालु शरीरसंग लोभिन्छ मुखिया । पैसा माग्ने निहुँमा दिनको एक पटक जसरी पनि देवकली कहाँ पुग्छ । कहिले फकाउछ, कहिले धम्काउछ । साहुले भनेको मानेमा गंगे जाँदा लिएको ऋण मिनाहा गरिदिने प्रलोभन देखाउँछ । देवकलीलाई हातमा लिन अनेक हत्कण्ड प्रयोग गर्छ । गाउँको आवरा केटाहरुलाई जाँड खुवाएर ढुंगा मुठा हान्न लगाउने, धन्सारको ढोका फोर्न उक्साउछ । तर देवकली वीसको उन्नाईस पनि हुँदैन । गंगेसंग देउरालीमा कसम खाएको । जस्तो सुकै परिस्थितिमा पनि एकअर्कामा विश्वासघात नगर्ने, एकले अर्कालाई नछाड्ने । विश्वासघात हुन गएमा, प्रेममा अवरोध हुन थालेमा कुनै उपायबाट प्रेमलाई बचाउने । प्रेमको लागि आप्mनो ज्यान बलिदान गर्न पनि पछि नहट्ने वाचा सम्झिन थालिन् । प्रेमको अगाडि बच्चालाई दिने वात्सल्य प्रेम फिक्का सम्झिन थालिन् । विश्वासघात भएमा देवता रिसाएर अनिष्ट गराउछ भन्ने भावना प्रवल हुँदै जान्छ । गंगेप्रतिको आस्था र भरोसा डगमाउन नदिए सारा भगवान खुशी भएर अर्को जुनीमा पनि गंगेसंगै रहन पाउने र आप्mना छोरीहरु भगवानले नै रेखदेख गर्ने एक खालको भरोसाले ठाउँ लिदै गएपछि निर्दयी पिपासु साहुसंग आप्mना सतित्व जोगाउन देवकलीले मर्ने आँट गरिन् । यसलाई गाउँको शोषक सामन्तीसंग नझुकी उल्टो झापट दिंदै प्रतिवाद  गरेको बुझ्न थालिन् । निर्दोष असहाय महिलाहरु माथिको अन्याय  र अत्याचार विरुद्धको सशक्त अभियान सम्झिन् । यसरी मुखियाको दिनदिनैको शारीरिक आक्रमणबाट आप्mना सतित्व जोगाउन झुन्डिएर मर्नु मात्रै एउटा उपाय सम्झेपछि सिरानी मुनीको गंगेको फोटो झिकिन्, हेरिन्, चुम्बन गरिन् । अनि गोजीमा राखिन, सुतिरहेको अवोध छोरीहरुलाई पालैपालै चुमिन् । बत्ति निभाईन् । विस्तारै गाउँ माथिको चौतारीमा पुगिन्, गाउँलाई हेरिन् । गंगेलाई संझिन् । आप्mनो पछ्यौरीको पासोमा खिर्राको बोटमा झुन्डिन पुगिन् । गंगेको मायालाई चोखो राख्न उसले देह त्याग गरिन् । गंगेबाहेक अरुसंग माया नगर्ने प्रण पुरा गरिन् । 
देवकली झुन्डिएर मरेको खबर धेरै पछि मात्रै गंगेले थाहा पाउँछ । त्यस्तो खबर गंगेको लागि बज्रपात हुन्छ । शुरुमा त विस्वासै लाग्दैन । सपना जस्तो लाग्छ । तर कुरा सत्य थियो । उ बेहोस हुन्छ । आकाश खसे जस्तो, पृथ्वी भासिए जस्तो लाग्छ । भाव विह्वल हुन्छ । सारा संसार अध्याँरो जस्तो लाग्छ । साथीभाइको सहयोगले नेपाल फर्कन्छ । गैह्री गाउँ काइँला बाबाको धन्सार सुनसान देखिन्छ । जुन घरमा देवकली संगै बस्ने गथ्र्यो । गंगे वैदेशिक रोगजारमा गएपछि पनि छोरीहरुसंग उनी त्यही बस्थिन । तर, यतिखेर छोरीहरु उजेली र सुन्तली पनि त्यहाँ थिएनन् । गंगेको सुन्दर संसार ऐना फुटे झै भएको थियो । जुन जोड्नेवाला थिएन । चरीले छाडेको गुड जस्तो सुनसान थियो । गंगेले देवकलीसंग हिडेको सबै सम्झन्थ्यो । जुन इतिहास भैसकेको थियो । गाउँ माथिको खिर्राको बोटमा झुन्डिएर देवकलीले देह त्याग गरेको थियो । सधैंको लागि विदा भएको थियो । टुहुरा छोरीहरु वाल सरोकार केन्द्रको पहलमा बाल अनाथालयमा जेठी छोरी र गुम्बा व्यवस्थापन समितिले कान्छी छोरीको पालन पोषण गर्ने जिम्मा लिएको थियो । छोरीहरु गंगेले फिर्ता गरेर ल्याउन सक्ने अवस्था थिएन । विचार गंगे एक्लै सधै खिर्राको वोटमा गएर रोईरहन्थ्यो ।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                     
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions