ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

२०१७ मा पर्यावरणीय सन्तुलन र राजनीतिक स्थिरता



२०१७ मा पर्यावरणीय सन्तुलन र राजनीतिक स्थिरता

विजय हितान -

राजनीतिक गतिविधिले नागरिकका दैनिकीसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । देशको राजनीति स्थिर रहनसके जनताले गाँस, बास र कपास सजिलै पाउन सक्छन् । तर, राजनीतिले पर्यावरणसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ भनेर धेरैलाई ज्ञान नहुन सक्छ । स्थिर राजनीतिले सन्तुलित पर्यावरण कायम राख्न ठूलो भूमिका खेल्छ । किनकि वातावरणमैत्री नीतिनियम निर्माण गरेर लागू गर्ने जिम्मेवार व्यक्ति नेताहरु नै हुन् । यसर्थ पर्यावरण पनि स्वस्थ्य रहन सके मानिसहरु सजिलै गाँस, बास र कपास पाउन सक्छन् ।   
सन् २०१७ मा नेपालमा स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव सम्पन्न भयो । अब नेपाली जनताले राजनीतिक स्थिरताको श्वास फेर्न पाउने आशा लिएका छन् । तर, हावाबाट लिइने श्वास अझै प्रदूषित रहनेछ । भारत र चीनको चरम औद्योगिक विकास र आर्थिक उन्नतिले दक्षिण एसियाकै वायुमन्डललाई असर पारेको छ । यसबाट नेपालको आकाश पनि अछुतो रहन सकेको छैन । चुनावको गरमागर्मीले स्थानीयस्तरमा अर्थतन्त्रलाई केही टेवा पुर्‍यायो, तर ती क्रियाकलापले वातावरणलाई पनि केही न केही मात्रामा नकारात्मक असर पार्‍यो नै । माओवादी जनआन्दोलन छेका वन फडानी मनपरी गरियो । युद्धले धनजनको साथै पर्यावरणलाई पनि धेरै नोक्सान पुर्‍याउँछ । 
नेपालको राजनीतिक स्थिरताले गर्दा अब वातावरणीय ह्रासमा सुधार आउन सक्छ भनेर आश राख्ने ठाउँ छ । हाम्रा सहर बजारका फोहर मैला अब स्थानीय निकायले व्यवस्थित गर्लान् । जथाभावी बाटो खन्दा भत्किएका कन्दरा वरिपरि रुखबिरुवा रोपिएला । वृक्षारोपणले भूक्षय रोकिएला, पहिरोको जोखिम मत्थर होला । गैरकानुनी तवरले सामुदायिक वनहरुमा घाँस दाउरा काटिने गतिविधिलाई लगाम लगाइएला । राष्ट्रिय निकुञ्ज र अन्य संरक्षित क्षेत्रहरुमा हुने वन्यजन्तु चोरीसिकारीलाई नियन्त्रण गरिएला । सहरबजारका फोहरमैलाका ढल बिनाप्रशोधन सिधै खोलानालामा जानबाट छेकिएला । तटबन्धन निर्माण गरेर बाढीलाई गाउँघर तथा खेतबारीतिर छिर्नबाट रोकिएला ।    
सन् २०१७ मा पृथ्वीको तापमान, तत्थ्याङ्क राख्न सुरु गरेदेखिकै, सबैभन्दा बढी रह्यो । यसको प्रमुख कारण दिगो विकासको सिद्धान्तलाई नअङ्गालेर हो भन्ने वैज्ञानिकहरुको ठम्याइ छ । जैविक विविधतालाई नकारात्मक असर पार्दै कमाएको आर्थिक उन्नति दिगो रहन्न । जन्तुजनावरलाई विस्थापित गरेर बनाइएको सडकमा मोटरगाडी गुड्लान्, तर यस्तो अदिगो क्रियाकलापले मानवको अस्तित्वमा दीर्घकालीन जोखिम निम्त्याउँछ ।  हाम्रा यस्ता गतिविधिका कारण वायुमन्डलमा कार्बनडाईअक्साइड ग्यास अत्यधिक उत्सर्जन हुनजानाले जलवायु परिवर्तनको समस्या झेल्नुपरेको हो । यसैको प्रभाव हो भन्नुपर्छ अस्ट्रेलियाको समुन्द्रमा अवस्थित कोराल रिफ ब्लिचिङ, क्याराबियन आइल्यान्ड र अमेरिकामा हार्वी र इर्माजस्ता शक्तिशाली सामुन्द्रिक आँधी, पोर्चुगल र क्यालिफोर्नियाको डरलाग्दो डढेलो । डडेलो लाग्नुको प्रमुख कारण चरम सुख्खा भएर हो, जो जलवायु परिवर्तनसँग सम्बन्धित छ । डढेलोले झनै कार्बनडाईअक्साइड उत्सर्जन गराउँछ । 
गतवर्ष दिल्लीको वायु प्रदूषण बढेर यत्ति चरम अवस्थामा पुग्यो कि विद्यालयहरु बन्द गर्नुपर्‍यो र जोर बिजोर मोटरगाडीलाई सडकमा पालैपालो गुडाइनु पर्ने नियम लागू गर्नुपर्‍यो । यद्यपि प्रदूषणको मात्रा सुरक्षित बिन्दुमा झर्न सकेन । जसको अवस्था अहिले पनि ज्यूँकात्यूँ छ । गंगा नदी मुहानदेखि समुद्रको मुखसम्म सर्वेक्षण गरियो र निष्कर्ष निकालियो कि अब गंगाको पानी आफै स्वच्छन्द अवस्थामा फर्किन सक्ने स्थिति छैन । 
गएको वर्ष नेपालमा पाटे बाघको संख्या बढ्यो । खुसीको खबर ! सन् २०२२ भित्रमा विश्वभरी बाघको सङ्खया दोब्बर हुने सङ्केत हो यो । अभाग्यबस अफ्रिकन हात्तीको दाह्राको लागि, तान्जानियाको चिम्पान्जी बुश मिट (जङ्गली मासु)का लागि चोरीसिकारी बढेर गए । मधेसमा बाढी आउँदा मधेसी नागरिकको धनजनको नास त भयो नै चितवन राष्ट्रिय निकुञ्जको ५ गैंडा पनि बाढीले बगाएर इन्डिया पुर्‍यायो । तर, तीनलाई निकुञ्जका कर्मचारीले उद्धार गरेर ल्याउन सफल भए । बरु बेचबिखनमा परेका छोरीचेलीलाई बम्बईबाट फिर्ता ल्याउन सकिन्न । त्यसैगरी नारायणी नदीबाट भाले घरियाल गोही लोप भएकोले बबई नदीबाट केहीलाई स्थानान्तरण गरिएको समाचारले हामीजस्ता संरक्षणकर्मीलाई खुसी तुल्यायो । ती भालेलाई प्रजनन कृयामा सफलता मिलोस् र गोहीको सङ्खया बढोस् भन्ने मेरो शुभकामना छ ।       
गत वर्षको विश्व वातावरण सूचकाङ्कमा एकसय असी देशहरुमध्ये चाइना १२०, नेपाल १७६ र भारत १७७ स्थानमा परेका छन् । यस तथ्याङ्कअनुसार बेलायतको वातावरण छैटांै श्रेणीमा पर्दछ । सबैभन्दा उत्कृष्ट वातावरण स्वीजरल्यान्डमा पाइन्छ । नेपाली तथा विश्वकै अर्थतन्त्रमा ५–१० प्रतिशतले वृद्धि भयो । तर खै ! मेरो तलब जतिको त्यत्ति छ । जताततै महङ्गीको महामारी ! काउन्सिलको कर वृद्धिले ढाड भाँच्चिएको छ । विश्व अर्थतन्त्र वृद्धिले साधारण घरपरिवारमा त्यत्ति फाइदा गरेको जस्तो लाग्दैन । तर, सन् १९७० यता जैविक विविधतामा (किरा फट्याङ्ग्रा र अन्य जन्तुजनावरको सङ्खयामा) ६० प्रतिशतले गिरावट आएको वैज्ञानिकहरुले अनुमान गरेका छन् । यस समाचारले मलाई बालक अवस्थामा गुलेलीले चरा, छेपारो र सर्पहरु मार्दै हिँडेको सम्झना दिलायो र मेरा ती व्यवहारप्रति आफंैलाई पश्चताप लागेर आयो । 
गत वर्ष ब्लु प्लानेट टेलिभिजन डकुमेन्ट्रीले समुद्रमा प्लास्टिक प्रदूषणको पर्दाफास गरिदियो । मानिसले प्रयोग गरेका प्लास्टिक बिलियन टनको मात्रामा समुद्रमा पुगेर माछा, डल्फिन, कछुवाजस्ता जीवलाई अल्झ्याउने गर्छ । साथै प्लास्टिकका सुक्ष्म कणहरु सामुन्द्रिक जिवका शरीरका कोषिकाभित्र पसेर आहारा सिक्रीको माध्यमबाट आखिरमा मानिसलाई नै हानी पुर्‍याउँछ । यस्तो कुरो सुनेपछि माछाजस्ता अन्य सामुन्द्रिक आहारा खान छोडियो । हङकङमा रहँदा चिनियाँ संस्कृतिको सिको गर्दै डिमसम र सि फुड रेस्टुरेन्टमा खाना खान हप्तैपिच्छे गइन्थ्यो । प्लास्टिक प्रदूषणको समाचार सुनेर मेरा शरीरमा पनि त कयौं प्लास्टिकका कणहरु जम्मा भए होलान् भनेर डर लाग्यो । यसै जनचेतनाले गर्दा प्लास्टिकको उत्पादन, प्रयोग र फोहोर व्यवस्थापनमा विभिन्न नियम कानुन बन्दै लागू हुन थालेको छ । 
बेलायतबाट रिसाइकलिङ गर्ने भनी आयात गरिने फोहोर प्लास्टिकलाई अब चीनले नकिन्ने भएको छ । बेलायतमा यसअघि नै प्रत्येक प्लास्टिक झोलालाई ५ पैसा तिर्नुपर्ने नियम लागू गरिएको छ । यस्तो कानुनले प्लास्टिक झोला प्रयोगमा ह्वात्तै ८० प्रतिशतले गिरावट आएको छ । म र मेरी श्रीमती सपिङ जाँदा जहिले पनि घरैबाट झोला बोकेर जान्छौं र एउटा झोलालाई पुनः प्रयोग गर्छौं ।   
राजनीतिको पर्यावरणमा प्रत्यक्ष सरोकार हुन्छ भनेर त मैले माथि नै भनिसके । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको पेरिस महासन्धिलाई नमान्ने घोषणा गरे । त्यो दिनदेखि मैले पनि म्याक्डोनाल्डका बर्गर नखाने र कोक नपिउने घोषणा गरें । उक्त सन्धिले अमेरिकी व्यापारप्रति भेद्भाव गरेको ट्रम्पको ठम्याइ छ । उनले स्वदेशमै पनि अन्य वातावरण अमैत्रीपूर्ण परियोजनाहरु थालनी गरेका छन् । पर्यावरणीय दृष्टिकोणले अति नै संवेदनशील मानिएको भनेर पूर्वराष्ट्रपति बाराक ओबामाको सरकारले रोक्का गरिदिएको अलास्काबाट तेल निकाल्ने परियोजनालाई ट्रम्पले स्वीकृति दिएका छन् । वातावरण संरक्षणकर्ताको दुनियाँंमा ट्रम्प एक भिलेनको रुपमा प्रस्तुत भएका छन् ।        
बेलायतमा हात्तीको दाह्रा र यसबाट बन्ने आइभरिका गरगहनालाई बेच्न प्रतिबन्ध लगाइयो । वातावरण सूचकाङ्कमा बेलायत छैटौं स्थानमा रहे पनि यहाँको वायु प्रदूषण नराम्रो छ । वायु प्रदूषणको कारणले वर्षेनी यहाँ ४० हजार मानिसको ज्यान जान्छ । तसर्थ सन् २०४० सम्ममा डिजल कारलाई प्रतिबन्ध लगाउने घोषणा गरियो । म पनि डिजल कार चलाउँछु । मेरै कारले अन्य कारभन्दा बढी प्रदूषण गर्दोरहेछ भनेर आफैंलाई ग्लानी लागेको छ । अब यसलाई बेचेर अर्को अलि कम प्रदूषण गर्ने हाइब्रिड कार किन्न पर्ने छ । तर, आखिरमा कुरा पैसाकै आउँछ, यस्ता हाइब्रिड कारहरु अन्यको दाँजोमा झनै महँगा हुन्छन् ।        
मध्यपूर्वमा आइसससँग लड्न अमेरिका, बेलायत, रुस, सिरिया, टर्की र इराकले कति हवाइजहाज उडान भर्नुपर्‍यो ! कति घातक तथा बिशालु क्षेप्यास्त्र प्रक्षेपण गरियो ! तिनले सराकमा पार्ने वायु प्रदूषण जमिनका पशुपन्छी, किरा–फट्याङ्ग्रा, बनस्पतिको नाश र माटोलाई पर्ने प्रभावलाई कसले चासो दिने । युद्धमा धनजनको क्षति के कति मूल्यबराबरको भयो भनेर लेखाजोखा राखिन्छ तर युद्धले पर्यावरणमा के कति मूल्यबराबरको क्षति पुर्‍यायो भनेर तत्थ्याङ्क सङ्कलन कसले गर्ने । 
अन्त्यमा, पर्यावरणीय संवद्र्धन र संरक्षण राजनीतिक चासोको विषय नबन्दासम्म यसको सन्तुलन खस्किँदै जाने र गत वर्षमा घटेका प्राकृतिक प्रकोपहरुका प्रकार अझै भयङ्कर हुने र अझै बारम्बार दोहरिनेछन् भनेर मैले बुझेको छु । जैविक विविधतामा ह्रासको क्रम जारी रहेको र यसको रोकथाम गर्न नसकिए निकट भविष्यमा पर्यावरणीय स्थित अपरिवर्तनीय ढंगले ओरालो लाग्नेछ । अर्थतन्त्र उकालो र पर्यावरणतन्त्र ओरालो लागेको अवस्था निश्चय पनि दीगो विकास होइन । यी दुवैलाई समानान्तरमा ल्याएर दुवै उकालोतिर लागेको मानवको लागि फाइदाजनक हुन्छ ।
 
 
प्रकाशित : २०७४ माघ २५

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions