ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

देशलाई प्राउड बनाउने काम गर्नेछु : क्रिकेटर सन्दिप लामिछाने



देशलाई प्राउड बनाउने काम गर्नेछु : क्रिकेटर सन्दिप लामिछाने

-

अघिल्लो आइतबार नेपाली क्रिकेटका केही ‘क्रेजी’ समर्थकहरु टेलिभिजन सेटअघि केही कुराको प्रतिक्षामा ब्यग्र थिए । केही समर्थक अनलाइनमै झुन्डिरहेका थिए । किनभने त्यस दिन इन्डियन प्रिमियर लिग (आईपिएल)को अन्तिम दिनको अक्सन हुँदै थियो र नेपाली युवा स्पिन ‘सेन्सेसन’ सन्दिप लामिछानेको पालो पनि त्यही दिन थियो । 
आईपिएल विश्वकै सर्वाधिक महँगो मात्रै हैन, सर्वाधिक रोमाञ्चक लिग क्रिकेट पनि हो, जसमा विश्वका धुरन्धर क्रिकेटरले खेल्न मरिहत्ते गर्छन् । त्यसैले अक्सन (बोल कबोल) लिस्टमा नाम समेटिएकै दिनबाट खुसीले सीमा नाघेका समर्थकहरु सन्दिपको अक्सन प्रत्यक्ष हेर्न टेलिभिजन सेटअघि ब्यग्र प्रतिक्षामा थिए । उनी छानिएको समाचार सबैभन्दा पहिले पढ्न समाचार साईटमा आँखा डुलाइरहेका थिए । सन्दिपलाई दिल्ली डियरडेभिल्सले आधार मूल्य २० लाख भारु (३२ लाख नेपाली रुपैयाँ)मा खरिद गर्‍यो । अस्टे«लियन पूर्वकप्तान रिकी पोन्टिङको प्रशिक्षणमा रहेको दिल्लीले सन्दिपलाई अनुबन्ध गर्‍यो ।
त्यो समाचार सायद ती क्रेजी समर्थकका लागि आफ्नो जीवनकै ठूलो खुसी दिनेगरी आएको थियो । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्काको चितवन क्रिकेट एकेडेमीबाट नेपाली क्रिकेटमा उदाएका सन्दिप झन्डै तीन वर्षको अवधिमा यू–१९, सिनियर राष्ट्रिय टोली र केही विदेशी लिग हँुदै आईपिएलसम्म पुगेका छन् । 
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले सिधै राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराएका सन्दिपको सफलता र उपलब्धि कुनै दन्त्य कथाको कहानीभन्दा फरक छैन । सन् २०१६ मा हङकङमा भएको टीट्वेन्टी ब्लिज प्रतियोगिता खेल्ने क्रममा भेट भएपछि अष्टे«लियन अर्का पूर्वकप्तान माईकल क्लार्कको प्यारो खेलाडी बनेका सन्दिपको यो सफलतामा देशले नै खुसी मनाइरहेको छ । उनको आईपिएल अनुबन्धमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डदेखि विभिन्न देशका नाम चलेका क्रिकेटरहरुले बधाई दिएका छन् । आईपिएल अनुबन्धको बारेमा सन्दिप आफैंचाहि के भन्छन् त ?
सिनियर नेपाली राष्ट्रिय टोलीसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि हाल दुबईमा रहेका सन्दिपसँग गरिएको कुराकानी । 
आईपिएल अक्सनमा आफ्नो नाम देख्दा कस्तो महसुस भयो ?
अक्सनमा मेरो नाम देख्दा एकदमै खुसी लागेको थियो । पहिले प्रयास भइरहे पनि अक्सन लिस्टमा नाम पर्ने हो कि हैन भन्ने थियो । जब मेरो नाम देखेँ, निक्कै खुसी लागेको थियो । 
दिल्ली डियरडेभिल्सले अनुबन्ध गरेको खबर कसरी थाहा पाउनुभयो ?
हामी दुबई पुगिसकेका थियौं । मेरो अक्सन हुने दिन म दुबईस्थित आईसीसी एकेडेमीको ओभल एक मैदानमा अभ्यास गरिरहेको थिएँ । अक्सन टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहेको थियो । यद्यपि मैले हेर्न पाएको थिएन । अनलाइन बस्न पनि पाइनँ । 
पछि हाम्रो टोलीको टेक्निकल एनालिस्ट रमण शिवाकोटी दाइले दिल्ली डियरडेभिल्सले अक्सनमा मलाई किनेको थाहा पाउनु भएछ । त्यो खबर पहिलो पटक उहाँले नै सुनाउनु भएको हो । 
आईपिएल अनुबन्ध भएको खबर पहिलो पटक सुन्दा कस्तो महसुस भयो ?
बास्तवमा धेरै खुसी लागेको थियो ।
सिनियर खेलाडीहरुले कसरी बधाई दिए ?
सबै जना अभ्यासमै थियौं । रमण दाइले दिल्ली डियरडेभिल्सले लिएको कुरा सुनाउनु भएपछि सबै खेलाडी म तर्फ आउनु भयो । अनि सबैले यो त ठूलो सफलता हो । ठूलो न्यूज हो भन्नु भयो । सबैले बधाई दिनु भयो । 
प्रधानमन्त्रीदेखि शीर्ष नेताहरू र विदेशी खेलाडीहरुले पनि बधाई दिए, कस्तो लाग्यो ? 
यो त वास्तवमै मेरा लागि निक्कै विशेष कुरा थियो । प्रधानमन्त्री, प्रधानमन्त्री भईसक्नुभएका नेताहरु र विदेशी सिनियर खेलाडीहरुबाट बधाई पाउनु सानो कुरा हैन । यी व्यक्तिहरूबाट मैले बधाई पाउनु मेरो लागि साँच्चिकै विशेष हो । 
घरमा यो खुसी कसरी बाँड्नु भयो ?
घरमा सबैलाई थाहा थियो । म अक्सन लिस्टमा परेको दिनदेखि नै उहाँहरु पनि अक्सन हुने दिनको प्रतिक्षामा हुनुहुन्थ्यो । सबै जना खुसी हुनुभयो । अहिले पनि खुसी हुनुहुन्छ । 
अबको योजना के छ ?
खास योजना केही छैन । राम्रो गर्दै जाने हो । देशलाई प्राउड बनाउने काम गर्ने छु । नेपाली क्रिकेट समर्थकलाई खुसी बनाउने काम गर्ने छु । 
दिल्ली डियरडेभिल्सबाट प्लेइङ ११ मा पर्ने अवसर कत्तिको देख्नुहुन्छ ?
राम्रो गर्दै जाने हो । राम्रो कुराको अपेक्षा गर्नुपर्छ । मेहनत गर्नुपर्छ । सकारात्मक हुनुपर्छ । कुनै कुरा असम्भव छैन ।
अबको चुनौती के देख्नुभएको छ ?
त्यस्तो चुनौती केही देखेको छैन । त्यही हो, मेहनत गर्नुपर्छ । हामीसँग पनि क्षमता छ, क्षमताअनुसारको प्रदर्शन गर्ने प्रयास गर्नुपर्छ ।
तपाईले कुनै अन्तर्वार्तामा बिग बाश लिग खेल्ने सपना छ भन्नुभएको थियो, आईपिएल अनुबन्ध पछि पनि त्यो सपना अझै छ ?
छ, बिग बाश लिगको सपना अझै छ । 
अहिलेसम्मको आफ्नो क्रिकेट यात्रालाई कसरी हेर्नुहुन्छ ?
खुसी लाग्छ । अहिलेसम्म अवसर पाइरहेको छु । त्यसमा राम्रो गरेजस्तो पनि लाग्छ । विभिन्न क्षेत्र र व्यक्तिहरुबाट साथ र सहयोग पनि पाइरहेको छु । नेपाली समर्थकहरुबाट पनि साथ पाइरहेको छु । खुसी लाग्छ । 
अन्य नेपाली युवाहरुलाई के भन्न चाहनुहुन्छ ?
मैले त्यस्तो केही भन्नु पर्छ जस्तो लाग्दैन । नेपालमा धेरै सक्षम र क्षमतावान क्रिकेटरहरु छन् । उनीहरुलाई के गर्नुपर्छ भन्ने कुरा थाहा छ । मेहनत गर्न छाड्नु हुन्न । सपना देख्न छाड्नु हुन्न । सफलता सम्भव छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions