ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

एमाले–माओवादी विलय भएर नयाँ पार्टी बन्छ : पूर्वअर्थमन्त्री वर्षमान पुन



एमाले–माओवादी विलय भएर नयाँ पार्टी बन्छ : पूर्वअर्थमन्त्री वर्षमान पुन

-

राष्ट्रिय राजनीतिमा व्यस्त पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन रोल्पामा जन्मेका हुन् । पञ्चायतकालदेखि नै वाम राजनीतिमा सक्रिय पुनले अर्थमन्त्रालयका साथै शान्ति तथा पुनर्निर्माण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका कुशल र प्रभावशाली कमाण्डर समेत हुन् उनी । फौजी संघर्षमामात्रै नभई वैचारिक आन्दोलनमा सफल देखिएका पुन यसपटक रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए । पार्टीको जिम्मेवारीको अलावा एमाले–माओवादी केन्द्रबीच एकताका निम्ति गठित संयोजन समिति मातहतको कार्यदल सदस्यको रुपमा काम गरिरहेका छन् नेता पुन । उनै पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेता पुनसँग पार्टी एकता प्रक्रिया, भारतीय विदेशमन्त्रीको आकस्मिक नेपाल भ्रमणलगायत विषयमा टीकाराम तामाङले गरेको कुराकानी ।
नेपालमा नयाँ सरकार गठन र वाम एकताको बहस भइरहँदा भएको भारतीय विदेशमन्त्रीको भ्रमणलाई कसरी लिनुभयो ?
नेपालको वामपन्थी आन्दोलनलाई ध्रुविकरण गर्ने र एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने हाम्रो एजेन्डा हो । नेपाली जनताको एजेन्डा हो । पार्टी एकतालाई आधार बनाउँदै हामीले तत्काल चुनावी गठबन्धन गर्‍यौं । जनताले एकातिर वाम एकतालाई अर्कोतिर विकास, समृद्धि र स्थायित्वको एजेन्डालाई अनुमोदन गरे । त्यसैले यो ऐजेन्डामा हामी निरन्तर अगाडि बढिराख्छौं । 
जहाँसम्म भारतीय विदेशमन्त्रीको भ्रमणको विषय छ, त्यो त्यत्ति सान्दर्भिक भएन किनभने हामी सरकार गठनको सिलसिलामा छौं । नयाँ सरकार बनिसकेपछि यस्तो भ्रमण भइदिएको भए लाभकारी हुन्थ्यो होला । कामचलाउ सरकारले उहाँसँग धेरै विषयमा कुरा गर्न सक्दैन्थ्यो, नयाँ अझै आइसकेको छैन । तैपनि दुई देशबीचको सद्भावका लागि जसरी एमाले अध्यक्ष केपी ओलीजीको निम्तोमा उहाँ (स्वराज) आउनुभयो, त्यसलाई हामीले अन्यथा लिएका छैनौं । 
यो भ्रमणले एमाले–माओवादी केन्द्र पार्टी एकता प्रक्रियामा मद्दत पुर्‍याउँछ कि असर गर्ला ? 
पार्टी एकता हाम्रो विषय हो, सरकार बनाउने नेपालको विषय । उहाँ (भारतीय विदेशमन्त्री सुष्मा स्वराज)ले पनि आफ्नो भ्रमणको सिलसिलामा नेपालले नै आफ्नो सरकार बनाउने हो । नेपाली जनताले म्यान्डेट दिइसकेका छन् । जुनसुकै सरकार आए पनि, जसको नेतृत्वमा सरकार आए पनि हामी सहकार्य गर्छौं, आपसी सद्भावपूर्ण सम्बन्ध राख्छौं भन्नुभएको छ । सरकार निर्माण, पार्टी एकता हाम्रो प्राथमिकता भएकोले उहाँको भ्रमणबाट एकता हुने वा विथोल्ने भन्ने सान्दर्भिक विषय होइन । 
भारत नेपाली वामपन्थी एकताको विपक्षमा रहेको धेरैको बुझाइ छ । विदेशमन्त्री स्वराजसँग यहाँहरुकै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्नुभयो, यसबारे केही कुरा भयो कि ? 
आन्तरिक राजनीतिक विषयमा कुरो भएन, हुनु पनि हुँदैन । एमाले र माओवादी केन्द्रको एकता हाम्रो कुरा हो । उहाँहरुसँग सुझाव लिने, उहाँहरुले गर्नुस्, नगर्नुस् भन्ने विषय होइन । 
भारतको चाहना के रहेछ भन्ने त बुझ्न सकिएला नि ? 
उहाँहरुको चाहना के छ भन्ने हामीलाई थाहा छैन । वाम गठबन्धन र सरकार बनाउने हाम्रो विषय हो । यसमा तपाईहरुलाई मन पर्छ कि पर्दैन भनेर सोध्नु पनि आवश्यक छैन । आन्तरिक विषय छलफलको एजेन्डा पनि बनेन । र, बन्ने विषय पनि होइन, बन्नु हुँदैन । उहाँले जुनसुकै सरकार बने पनि सहयोग र सहकार्य गर्न तयार छौं भन्नुभएकोले त्यो सद्भाव नै पर्याप्त छ जस्तो लाग्छ । 
पार्टी एकता प्रक्रिया चलिरहँदा यहाँहरुसहित शीर्ष नेताहरुले एकता भाँड्ने शक्तिहरु सक्रिय छन् भनेर सार्वजनिक रुपमै बोल्नुहुन्छ, कसलाई भन्न खोज्नुभएको छ ? 
नेपाली कांग्रेसलगायतका पार्टीलाई स्वाभाविक रुपमा वाम गठबन्धन बन्दा असर गथ्र्यो । नभइदिए हुन्थ्यो भनेमा ती पार्टीका नेताहरु हुनुहुन्थ्यो । भइसकेपछि कमजोर पार्न कोसिस गर्नुभयो । भएन, चुनाव फेस गर्नुभयो । निर्वाचन परिणामलगत्तै हाम्रा पार्टी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्नुस्, पाँच वर्ष सपोर्ट गर्छौं भन्ने प्रस्ताव आयो । हामीले धन्यवाद दिँदै यसलाई वाम गठबन्धन कमजोर पार्ने, टुटाउने चालको रुपमा लियौं । स्वाभाविक रुपमा पनि कांग्रेस त्यो गर्न खोजिरहेको छ किनभने उ आफ्नो स्पेस बनाइराख्न चाहन्छ । हामीतिर नभएपछि ओलीजीमार्फत चलखेल भएको छ । त्यो कुरा हामीले सार्वजनिक रुपमै भनिसकेका छौं । पक्कै पनि उहाँ (ओली)जी प्रभावित हुनुहुन्न । अहिलेसम्म प्रभावित भएको देखेका छैनौं ।
पार्टी एकताको प्रगति सुनाइदिनोस् न त ? 
पार्टी एकता भनेको राजनीतिक कार्यदिशाको एकता हो । संगठनात्मक कार्यपद्धतिको एकता हो अथवा समझदारी । नेतृत्वमा सम्मानजनक समायोजन, त्यो मुख्य नेतृत्व, मध्यम तहका नेताहरुको विषय होला अथवा आमनेता कार्यकर्ता । त्यो प्रक्रियाले केही समय लिन्छ नै । काम गरिराखेका छौं । 
वि.सं. २०२८ वरिपरि बनेको केन्द्रीय न्यूक्लियसको विरासतबाटै माओवादी आन्दोलन आएको हो । त्यही बेला बनेको कोअर्डिनेसन केन्द्रबाटै झापा आन्दोलन, माले हुँदै एमाले भएको हो । त्यसैले हाम्रा करिब ५० वर्षका आ–आफ्ना विरासत छन् । प्रयोग, आन्दोलन र गौरव छन् । आ–आफ्ना कमीकमजोरी पनि छन् । त्यसैले राजनीतिक, सामाजिक परिवर्तन र देशको समृद्धिको लागि इतिहासमा हामीले खेलेका भूमिकाको विषयमा समीक्षा हुनपर्छ । त्यसको सकारात्मक समीक्षा गर्दै यी दुईवटा आन्दोलनलाई सम्मानजनक ढंगले एकताबद्ध पार्ने भन्नेमा हामी छौं । 
अगाडि जाने सन्दर्भमा संविधानले पनि भनेको छ समाजवाद उन्मुख राज्य व्यवस्था । समाजवादमा जाने कार्यदिशाबारे हामी एकमत छौं । हाम्रो तत्कालको कार्यक्रम सामाजिक न्यायसहितको विकास र समृद्धि हुन् । त्यसैले विस्तारै एकताको आधार बनेको छ । संगठनात्मक प्रणालीमा आपसी छलफल, बहसबाट सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्नेमा छौं । विचारको रुपमा माक्र्सवाद, लेनिनवाद माओवाद हामी मान्छौं । उहाँहरु  बहुदलीय जनवाद मान्नुहुन्छ । त्यसमा छलफलबाट मिल्नेजति अहिले मिलाऔं, नमिल्नेजति पोस्टपोन्ड गरेर छलफलमा राखौं । जुन दिन मिल्छ, त्यसलाई निर्देशक सिद्धान्त (गाइडिङ प्रिन्सिपल), विचार बनाऔं । नमिलेका विषय महाधिवेशनमा लगेर टुंग्याउने गरी सकारात्मक रुपमा छलफल गरिरहेका छौं । 
एकता संयोजन समितिको पछिल्ला बैठकहरु निष्कर्ष उन्मुख भएको देखिन्नन् । साझा दस्तावेज निर्माण समिति बनाउने कुरा किन अड्कियो ?
केही पहिले हामीले भनेका थियौं, शीर्ष नेतृत्व तहमा छलफल गर्दै गर्ने, संगठनात्मक एकताबारेमा कार्यदल बनाउने, अन्तरिम राजनीतिक कार्यक्रमहरुका लागि दस्तावेज मस्यौदा कार्यदल बनाउने, त्यो सही थियो । तर, मुख्य नेतृत्वमा कुन ओरेन्टेसनमा तत्कालीक कार्यक्रम, संगठनात्मक सिद्धान्त टुंग्याउने भन्ने विषय नमिल्दासम्म समिति बन्ने कुरा भएन । त्यसमा  दुईजना अध्यक्षबीच कुरा चलिराखेको छ । अरु नेताहरुबीच पनि अनौपचारिक छलफल चलिराखेको छ । त्यो टुंगिनेबित्तिकै कार्यदल बनाएर हामी काम अगाडि बढाउँछौं । जसरी असोज १७ गते सरप्राइज ढंगले गठबन्धन बन्यो । त्यसरी नै एकता घोषणा भयो भने पनि आश्चर्य मान्नु पर्दैन । यसको अर्थ सजिलै एकता हुन्छ भन्ने पनि होइन । केही अप्ठ्याराहरु अवश्य पनि छन् । 
सरकार सम्भवतः फागुनभित्र बनिसक्ला । त्यसअघि एकता घोषणा हुन्छ त ? 
अहिलेको हाम्रो स्पिरिट सरकार गठनअघि नै पार्टी एकता हो । कोसिस गर्छौं । कथम्कदाचित पार्टी एकता पहिले भएन भने सरकार गठनलाई रोक्दैनौं । पार्टी एकता र सरकार गठन सम्बन्धित विषय हुन् । किनभने हामीले गठबन्धन, सरकार, स्थायित्व, विकास, समृद्धि भन्ने कुरो पार्टी एकतासँग जोडेर गरेका हौं । विचार, राजनीति, नेतृत्व मिलाउने र एकता गर्ने । त्यसको पहिलो स्टेप गठबन्धन गरेर निर्वाचनमा गयौं । पछिल्लो स्टेप भनेको राष्ट्रियसभा निर्वाचन र प्रदेशका सरकारका गृहकार्य हो । यी विषयलाई सँगसँगै लान्छौं । एक÷दुई दिन, एक÷दुुई हप्ता अघिपछि हुनसक्छ । 
एकताको विषयमा परेको गाँठोचाहिँ के के छन् ? 
सबै विषयमा एकसरो छलफल सकारात्मक ढंगले चलेको छ । तर, अन्तिम रुप दिन अझै सकेका छैनौं । यसमा एउटा विचारको कुरा । उहाँहरु (एमाले नेता)ले माक्र्सवाद, लेनिनवाद र बहुदलीय जनवाद मान्नुपर्छ भन्नुभएको छ । हामीले माक्र्सवाद, लेनिनवाद दुवै पक्षले मानौं भनिरहेका छौं । र, माओवाद र एमालेले मान्ने बहुदलीय जनवादलाई छलफलमा राखौं भनेका छौं । यसमा ठ्याक्कै मिलिसकेको छैन । 
त्यसैगरी, नेतृत्वको विन्यासमा दुई शीर्ष नेतालाई के गर्ने ? जनता, कार्यकर्ताको म्यान्डेट एकजनाले सरकार चलाउ, अर्कोले पार्टी चलाउ भन्नेजस्तो छ । त्यसमा बरु एमालेले छानेर लिओस् । विचारमा मिल्यो भने यसमा पनि मिलाऔं । नेतृत्वको विषयलाई सामान्य विषयको रुपमा पनि पन्छाउन मिल्दैन । तर, यो पद नपाए भन्नेचाहिँ होइन । सम्मानजनक एकताको कुरा हो । माओवादी भनेको प्रचण्डमा केन्द्रित भएको छ भने एमाले भन्दा केपी ओलीमा केन्द्रित भएको छ । दुई नेताहरुलाई बाहिर आन्दोलनको रुपमा कसरी प्रस्तुत गर्ने भन्ने विषय मिलेको छैन । त्यसपछि विभिन्न तहका नेतालगायत आम कार्यकर्ता पंक्ति छन् । चार जना त पूर्वप्रधानमन्त्री नै छन् । ए लेभलका वरिष्ठ–वरिष्ठ नेताहरु छन्, दुवै पार्टीमा । त्यसलाई कसरी मिलाउने भन्ने नै बाँकी छ ।
असोज १७ गतेको सहमति पत्रमा मुख्यगरी एमाले ६०, माओवादी ४० को अनुपातमा बाँटफाँट गर्ने भन्ने थियो तर पछिल्लो अवस्थामा माओवादी ३० खुम्चियो, लचकता देखाउनुभएको हो ?
यसमा कार्यदलको गल्ती भयो भन्ने छ । एकता संयोजन समिति बैठकमै अध्यक्ष कमरेड प्रचण्डले भन्नुभयो, ‘यो त भएन । कहीं ७०÷३०, कहीं ६०÷४० होला । कतै तलमाथि पनि होला । तर, प्राविधिक रुपमा यस्तै भन्नेचाहिँ मिल्दैन है ।’ त्यसपछि मिलाएर सामान्य अन्डरस्ट्यान्डिङमा जाने भन्ने भएको छ । खासमा ६०, ४० हिजोको हाम्रो अन्डरस्ट्यान्डिङ हो । सरकार र अरुतिर । एमालेले लिएका सिटहरु हाम्रा हुन्, हामीले लिएका सिटहरु एमालेका । १ र ३ नम्बर प्रदेशमा एमाले एक्लैको बहुमत आउँदैन थियो । एकताको भाव, एकअर्कोलाई सहयोग गरेका सिटकै कारण उहाँहरुको एक्लै बहुमत भए पनि हामी पनि सरकारमा रहने । ३ मा उहाँहरुको एकल बहुमत भए पनि हामी सरकारमा रहने भन्नुको अर्थ त्यो हो । जस्तै ५ नं. प्रदेशमा हाम्रो मुख्यमन्त्रीको दाबी हुन सक्थ्यो । किनभने हाम्रो सबभन्दा राम्रो मत परिणाम त्यहाँ छ । तर, पहिले नै पार्टी एकतासहितको नेतृत्व विन्यास गर्दा हामीले त्यहाँ एमालेका नेता मुख्यमन्त्री बन्नुहुन्छ भनेकोले दाबी नै गरेनौं । 
त्यसैले चुनावपूर्वका समझदारीअनुसार हामी जान सकौं । प्राक्टिसमा पनि सबै त्यस्ता होइनन् । मुख्यमन्त्रीमा ७०, ३० जस्तो देखियो । सभामुखमा पनि हाम्रो ३० भन्दा बढी छ । उपसभामुखमा हामी ७० जस्तो, एमाले ३० जस्तो छ । हामीबीच संख्या, एकताको भाव, योग्यता, क्षमता र समावेशिता समानुपातिकतालाई आधार मानेर विन्यास भएको छ । 
कतिपय ठाउँमा संख्या माओवादीको बढी छ तर एमालेका नेता योग्य, वरिष्ठ छन् भने उनलाई नेतृत्व दिन तयार । यसैगरी कति ठाउँमा एमालेको संख्या बढी होला तर माओवादीको लिडर स्थापित, सक्षम छ भने उसलाई नेतृत्व दिन सकिन्छ । यो हो हाम्रो स्पिरिट । यसरी नै हामीले प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखमा विन्यास गरेका छौं । 
एकतामा जाँदैगर्दा यहाँहरुले हिजो गरेको जनयुद्ध, माओवादी आन्दोलनको पहिचान र अस्तित्व समाप्त हुन लाग्यो भन्ने चिन्ता सुनिन्छ नि ? 
जनयुद्धले संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, पहिचानलगायतका कुरा स्थापित गर्‍यो । सामाजिक न्यायलगायत धेरै कुरा स्थापित भए । यो मुद्दा माओवादीले उठायो, एमाले, कांग्रेस र अरु दलहरु समर्थनमा आए । हामीले यी एजेन्डाहरुलाई पूरा गर्‍यौं । यसैको जगमा अहिले नेपालमा नयाँ राज्य व्यवस्था छ । हामीले अब संविधानको प्रावधान झैं समावादमा जाने पार्टी निर्माण गर्न खोजेका हौं । अहिलेसम्म यत्ति गर्‍यौं, ठीक छ । अब समाजवादमा जानका लागि त जनयुद्धको जगले मात्रै पुगेन, जनआन्दोलनको जगले मात्रै पुगेन । त्यसैले जनआन्दोलनबाट आएको एमाले र जनयुद्धबाट आएको माओवादी मिलाएर अब हामी प्रतिस्पर्धात्मक ढंगले नै, जनताकै मन जितेर, जनताको पपुलर मतबाटै सामाजिक न्याय, आर्थिक समृद्धिसहितको नयाँ समाज निर्माण हाम्रो अहिलेको लक्ष्य हो । एकतिरबाट हेर्दा एमालेको विलयजस्तो, अर्कोतिरबाट हेर्दा माओवादीको विलयजस्तो । अब एमाले पनि विघटन हुन्छ, माओवादी पनि । नयाँ आन्दोलन, नयाँ पार्टी बन्छ ।
अब दुई पार्टी एकता सुनिश्चित भयो भनेर बुझ्दा हुन्छ नागरिकले ? 
एकता गर्नेगरी हामी लागेका छौं । नहुँदै भयो भनेर कसरी भन्नु । तर, सकारात्मक गतिमा छलफल चलिराखेको छ । यसमा शीर्ष नेतृत्वले पनि सम्मानजनक एकतामा बदल्नुपर्छ । एकले अर्कोलाई विलय गर्ने, एकले अर्कोलाई खाने सोचेको छ भने यो एकता सफल हुँदैन । 
नयाँ सरकार आउनै लाग्दा कामचलाउ सरकारले भटाभट निर्णय गरिरहेको छ, यसमा माओवादीले खुलेर विरोध गर्न सकेको छैन, किन ? 
खुलेर, नखुलेर भन्दा पनि सरकारले एकदमै अनैतिक काम गरेको छ । गैरजिम्मेवार काम गरेको छ । राजकीय भूमिका पूरा गरेका नेताहरु सत्तामा हुँदा पनि, नहुँदा पनि देश, जनताको भविष्यप्रति चिन्तित हुनुपर्छ । आफूले गरेको कामले भविष्यमा देशलाई के बोझ आइलाग्छ । भावीपुस्तालाई के बोझ आइलाग्छ । राज्य सफल, असफल के हुन्छ ? कस्ता अप्ठ्यारा आइलाग्छ । हाम्रो अर्थतन्त्र के हुन्छ भन्नेतिर देउवाजीले हेर्नुपर्छ । त्यहाँ मन्त्रीहरुले हेर्नुपर्ने । त्यो त उहाँहरुले जवाफ दिनुपर्छ । 
नयाँ सरकार बन्नेवित्तिकै असान्दर्भिक नीतिहरु खारेज गरिन्छ । असान्दर्भिक ढंगले गरिएका सरुवा, बढुवा, नियुक्ति खारेज गरिन्छ । नयाँ पदहरु सिर्जना गरिएका छन् त्यो पनि खारेज हुन्छ । सबै करेक्सन गरिन्छ । यसरी राज्य कहाँ चल्छ र ? जे पनि गर्ने ? शासन भनेको जनताको म्यान्डेटअनुसार चल्ने हो । नयाँ म्यान्डेट आउनेबित्तिकै शासन गर्ने अधिकार सकिन्छ । अहिलेको सरकारले दैनिक प्रशासन चलाउने मात्रै हो । सरकार त छ, त्यो एक ढंगले कोमामा । आफूखुसी गरिएका सबै निर्णयहरु खारेज हुन्छ ।
 
प्रकाशित : २०७४ माघ २४

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions