ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नुवाकोटको माझगाउँमा भव्य रुपमा मनाइयो २८५४ औं सोनाम ल्होछार



नुवाकोटको माझगाउँमा भव्य रुपमा मनाइयो २८५४ औं सोनाम ल्होछार

-

नुवाकोट । साविकको भद्रुटार र महाकाली गाविसका तामाङहरुले संयुक्त रुपमा २८५४ औं सोनाम ल्होछार (खीःल्हो) विभिन्न सांस्कृतिक कार्यक्रमसहित मनाएका छन् ।  
 
शुक्रबार शिवपुरी गाँउपालिका–५, महाकाली, माझगाउँमा आयोजित ल्होछार कार्यक्रममा पूर्वमन्त्री एवं नुवाकोट क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हितबहादुर तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका प्रमुख अतिथि तामाङले विविध जातजाति र समुदायको सहभागितामा ल्होछार पर्व मनाउँदा सामाजिक सद्‍भाव बढ्ने विश्वास व्यक्त गरे । उनले आफ्नो संस्कृति र परम्परालाई जोगाउन गाउँठाउँबाट तामाङहरु जागरुक भई ल्होछार पर्व मनाउन थालिएकोमा खुसी व्यक्त गर्दै ल्होछारको सबै सहभागीलाई शुभकामना दिए । त्यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले निरन्तर र सक्रियाताका साथ आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । कार्यक्रममा नवनिर्वाचित सांसद तामाङले आफूलाई मतदान गर्ने जिल्लावासीलाई धन्यवाद दिए । 
 
कार्यक्रमका विशेष अतिथि निवर्तमान कृषि राज्यमन्त्री तथा क्षेत्र नं १ प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद राधिका तामाङले स्थानीयस्तरमै ल्होछार पर्वलाई उत्सवको रुपमा मनाउनु सकारात्मक रहेको बताइन् । उनले  जनप्रतिनिधिहरुले निर्वाचित भइसकेपछि सबैको साझा प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्नुपर्ने धारणा राखिन् । 
 
यसैगरी कार्यक्रमका अर्का विशेष अतिथि नेपाल तामाङ घेदुङका उपाध्यक्ष तथा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ (रमेश)ले तामाङ संस्कृति, परम्परा र ल्होछार पर्वको इतिहासबारे चर्चा गर्दै सबै तामाङ समुदायले घरघरमा ल्होछार पर्वलाई उत्सवको रुपमा मनाउनु पर्ने विचार राखे । कार्यक्रमका अतिथिहरु नेकपा एमाले क्षेत्र नं १ ‘क’ प्रदेश संयोजक जितेन्द्र विष्ट र नेकपा एमाले जिल्ला लेखा विभाग संयोजक पदम उप्रेतीले आफ्नो सम्बोधन गर्दै ल्होछारको शुभकामना व्यक्त गरेका थिए ।
 
अतिथिको रुपमा आमन्त्रित विभित्र राजनीतिक दल, संघ संस्थाका प्रतिनिधीहरुले पनि ल्होछारको शुभकामना व्यक्त गरेका थिए । कतिपय वक्ताहरुले कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई निमन्त्रणा दिए पनि उपस्थित नभएकोप्रति गुनासो पोखेको सुनिन्थ्यो । कार्यक्रममा राष्ट्रियस्तरका तामाङ कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुतिले निकै रोचक बनाएको थियो । त्यस अवसरमा सो क्षेत्र आसपासका बुद्धिजीवी, समाजसेवीसहित तामाङ गैरतामाङ समुदायको बाग्लो उपस्थिति रहेको थियो ।  
 
कार्यक्रममा प्रमुख अतिथि हितबहादुर तामाङले स्थानीय शिव कृष्ण मन्दिरको लागि करिब १४ किलोको घण्टी मन्दिरका संरक्षक केदारनाथ पोखरेललाई हस्तान्तरण गरेका थिए । साथै स्थानीय जेष्ठ नागरिकलाई प्रमुख अतिथि र विशेष अतिथिले तामाङ टोपी पहिर्‍याई सम्मान गरे । ल्होछार कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने महानुभावहरुलाई पनि प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।
 
औपचारिक कार्यक्रम स्थानीय तामाङ अगुवा एवं शिक्षक प्रेमबहादुर तामाङको सभापतित्वमा भएको थियो । सांस्कृतिक कार्यक्रम भने बेलुकी अबेरसम्म चलेको थियो । 
स्थानीय युवाहरुको स्वयंसेवा र उचित व्यवस्थापनबीच उत्साहपूर्वक कार्यक्रम सम्पत्र भएको कार्यक्रमका संयोजक रघुवीर तामाङले बताए । कार्यक्रमको सह–संयोजक शान्त तामाङ थिइन् भने आर्थिक संयोजन वीरबहादुर तामाङ र सह–संयोजन कमलबहादुर तामाङले गरेका थिए ।  
 
प्रकाशित : २८ माघ २०७४
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions