ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

नयाँ सरकार कहिले बन्ला ?



नयाँ सरकार कहिले बन्ला ?

-

काठमाडौं । निर्वाचन सकिएलगत्तै प्रतिनिधिसभाको अन्तिम मतपरिणाम राष्ट्रपतिलाई बुझाउनुपर्ने भएपनि कानुनी छिद्रमा प्रवेश गर्दै आयोगले ढिलाई गरेकै हो । राष्ट्रिय सभामा महिलाको अनिवार्य २२ जनाको प्रतिनिधित्व हुनेअवस्थालाई समेत द्विअर्थि व्याख्या गर्दै प्रतिनिधिसभाको मतपरिणाम रोकिएको थियो । तर माघ २४ गते राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भै दलहरुको महिला कोटोको अवस्था निर्धारण भैसकेका पछि संघीय संसदका दुवै सदनको पूर्णता हुन लागेको छ । 
प्रतिनिधि सभाको प्रत्यक्षमा समावेशीताका आधारमा उम्मेदवारी नहुंदा त्यसको क्षतिपूर्ति समानुपातिक प्रतिनिधित्वमा समावेशीताको आधारमा हुनुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल योग संघीय संसदमा ३३ प्रतिशत महिलाको ग्यारेन्टीको चासो निर्वाचन आयोगले राख्नुलाई अन्यथा भन्न पनि मिल्दैनथ्यो । यसर्थ समावेशीताको आधारमा प्रतिनिधित्व गराउनु पर्ने बाध्यताकै कारण राष्ट्रिय सभाको परिणाम कुर्न परेको निर्वाचन आयोगको तर्क छ । माघ २४ मा राष्ट्रिय निर्वाचन सम्पन्न भइसकेपछिको अन्तिम मत परिणाम आयोगले राष्ट्रपतिलाई बुझाएर संविधान कार्यान्वयनमा एक स्टेप अघि बढेको छ ।
संघीय संसदको पूर्णता नयां सरकार गठनका लागि अनिवार्य शर्त बनेको थियो केही दिन अघिसम्म । अब, यो सर्त पुरा भएको छ । राष्ट्रिय सभाको निर्वाचन परिणाम आइसकेपछि अब मुलुक नयाँ शिरामा प्रवेश गर्दैछ । संविधानतः समावेशीे सिद्धान्तअनुसार संघीय संसदमा महिला, दलित, जनजाति र अपांगता लगायतको बाध्यकारी प्रतिनिधित्व हुने ग्यारेन्टी भैसकेपछि अब सबैको ध्यान नयां सरकार गठनतिर गएको छ । तर, मंसिर १० र २१ गते भएको प्रतिनिधि सभाको अन्तिम निर्वाचन परिणाम भने आयोगले अझै बुझाएको छैन । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकको मतगणना पुस २ गते नै सम्पन्न भएको थियो । समानुपातिकको परिणाम सार्वजनिक भएर आयोगले राष्ट्रपतिलाई बुझाएको भए संविधानको धारा ७६ अनुसार नयां सरकार गठन त्यति बेलै भैसक्थ्यो । राष्ट्रिय सभाको निर्वाचन परिणाम कुर्नुपर्ने थिएन । 
नेपाल अधिराज्यको संविधान २०४७ अनुसार प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भैसकेपछि २०४८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको थियो । त्यतिबेला, सरकार बनेपछि मात्र राष्ट्रिय सभा निर्वाचन भएको थियो । तर, यसपाला सबैका आ–आफ्ना तर्क रहे । प्रतिनिधि सभाको परिणाम आएपछि नयां सरकार गठनको विषय पनि नेपाली राजनीति बजारमा निकै तातैकै हो । सत्तारुढ कांग्रेसले यसैको बहानामा सत्ता बर्हिगमण गर्न आलटाल गरिरहेको थियो र अझै पनि कतै छिद्र छ भने कांग्रेसले ढिालाई गर्ने देखिन्छ नै । 
उता  बाम गठबन्धनलाई पनि सत्तारोहणको हतारो थियो । तर राष्ट्रिय सभा निर्वाचन अगावै नयां सरकार गठन हुनुपर्ने दावी फिक्का भयो । किनकी, बल कांग्रेसको खुट्टामा थियो । अब भने, सरकार गठनको प्रकृया कमसेकम ढिलोमा फागुन ६ गतेसम्ममा पक्कापक्की देखिएको छ ।
 
प्रकाशित : २ फागुन २०७४

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions