ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कलाकारको भविष्य सुरक्षित हुने सरकारी योजना चाहिन्छ : गायक तारा गुरुङ



कलाकारको भविष्य सुरक्षित हुने सरकारी योजना चाहिन्छ :  गायक तारा गुरुङ

-

झण्डै नौ वर्षको अन्तरालपछि गायक तथा गीतकार ताराबहादुर गुरुङ नेपाली लोकसंगीतमा फर्केका छन् । बाध्यताले सन् २००९ मा कोरिया भासिएपछि एल्बम निकाल्न नभ्याएका बताउने तारा ‘रहरभन्दा ठूलो के छ र’ दोस्रो कौरा गीतसहित संगीत पारखीमाझ आएका हुन् । जुन गीतको यही माघ तेस्रो साता काठमाडौंमा छायांकन गरिएको हो । उनको पहिलो कौरा ‘हे ङोल्स्यो’ हो । तनहुँ, गोरखा, लमजुङतिर प्रचलित नयाँ चुड्का गीतबारे गायक ताराले भने, ‘केटीले समेत जवाफ फर्काउने गरी बनाएको नयाँ शैलीको मेरो कौरा गीत छिट्टै युट्युवमा हेर्न सक्नुहुनेछ ।’ उनले २०५६÷०५७ तिर मामाको छोरा गायक गणेश गुरुङसँग मिलेर ‘केबुलकारमा चोक’ नामक एल्बम निकालेका थिए । त्यससँगै ‘माया छुट्छ कि’ गीत निकाले भने गुरुङ भाषाको चलचित्र ‘नासा न्होरी’ (गाउँबस्ती भित्रको)मा अतिथि कलाकारको रुपमा गीत गाएका थिए । कोरियन भाषा प्रशिक्षकसमेत रहेका गोरखाको सहिद लखन गाउँपालिकाका तारा भ्याइनभ्याई सांगीतिक क्षेत्रमै जोडिनुको कारण र आगामी योजनाबारे एभरेष्ट टाइम्सले गरेको संक्षिप्त कुराकानी । 
 
हिजोआज केमा व्यस्त हुनुहुन्छ ? 
गायिका अनु गुरुङसँग मिलेर भर्खरै ‘रहरभन्दा ठूलो के छ र’ कौरा गीत छायांकन गर्‍यौं । दोस्रो कौरा गीत बजारमा ल्याउने तयारीमा छु । 
मौलिक गीतका लागि गाउँठाउँमै छायांकन गर्नुपर्ने होइन र ? 
गाउँ जान नसकिएकोले काठमाडौंको धर्मस्थलीमा सुटिङ गरेँ । माया पिरतीको कथामा आधारित यो गीतको जुन ठाउँमा छायांकन गरिएको छ, त्यसले गाउँकै झल्को दिने छ । 
यस्तो गीत लेख्न कसरी प्रेरित हुनुभयो ? 
म गाउँघरमै हुर्केको मान्छे । गाउँमा हरेक वर्षको वैशाख पूर्णिमामा सतीघाँटु लगाउने चलन छ । घाँटुको खोई (भोज) लगाउँदा गाउँलेलाई निमन्त्रणा गरिन्छ । त्यसमा विभिन्न गाउँबाट चेलीहरुसहित सबै जम्मा हुन्छन् । जम्मा भएर गीत गाउने, बजाउने, खाइपिइ गरी रमाइलो गर्ने चलन हुन्छ । त्यस्ता सामाजिक गतिविधिमा बच्चैदेखि हेलमेल हुँदै आएकोले हाम्रो मौलिक परम्परा बाहिर ल्याउनुपर्छ भन्ने सोचाइले यो गीत लेखेको हुँ । 
कौरा (चुड्का) लगाउँदालगाउँदै धेरै जनाको विवाह भएको पनि मैले देखेको छु । गुरुङ समुदाय र समाजको पहिचानको लागि मद्दत पुग्ने भएकोले अन्य कौरा गीत लेख्नलाई पनि मलाई जाँगर लाइरहेको छ । फेरि दुईवटा रेकर्ड हुँदैछ । एउटाको एरेन्ज भइसकेको छ । जसमा गायक पवन राना मगरले स्वर दिएका छन् । शब्द, संगीत भने मैरै । अर्को ‘सम्झनाले मलाई सतायो’ मौलिक कौरा भाका पनि तयार हुँदैछ । 
गीत, संगीतमा कसरी झुकाव बढ्यो ?
गीत, संगीतलाई चटक्कै माया मार्न पनि सकेको छैन भने पूरा समय पनि दिन सकिएको छैन । वर्षको एकपटक भए पनि दर्शक, श्रोतालाई गाउँठाउँको मौलिक लोकभाकाबारे केही कोसेली पस्केर प्रोत्साहन दिलाउने उद्देश्यले यस क्षेत्रमा लागिरहेको छुु । संगीतमा ब्रेक लगाउँदै म सन् २००९ कोरिया गएको थिए । सात वर्ष उतै बिजी भएर एल्बम निकाल्नै नसकिए पनि त्यहाँ पुग्ने नेपाली कलाकारहरुसँगको कार्यक्रममा भने सहभागी भइरहन्थेँ । एक हिसाबले भन्दा कोरिया गएर पनि गीत, संगीत छोड्न परेन । 
आक्कलझुक्कल गीत गरेर कसलाई फाइदा ? 
मैले रचना गरेको गीत दर्शक, श्रोताले मन पराइदिनुहुन्छ भने घरीघरी निकाल्नुपर्छ भन्ने छैन । कम एल्बम, गीत निकालौं । गुणस्तर र मान्छेको मनछुने र कालजयी गीतहरु निकाल्नुपर्छ भन्नेमा मेरो जोड हो । गीत, संगीतलाई जोगाउने काम मैले मात्रै गर्ने हो भन्ने ठान्दिनँ । यसमा सबैले योगदान दिनुपर्छ । म काठमाडौं बसे पनि गाउँमा स्थापना भएको कालिका युवा क्लबको महासचिव हुँ । क्लबमार्फत पनि मैले सतीघाँटु जगाउनेलगायत काम गर्दै आएको छु । 
अरु सबै काम छोडेर यतै लागूँ जस्तो लाग्दैन ? 
अब त उमेर र समयले पछाडि परिसकेछ । नेपालमा कलाकारै मात्र भएर बाँच्न सक्ने अवस्था छैन । लाइभ गाउन खप्पिस, एकदमै चलेका र चर्चा बटुल्न सक्ने कलाकारलाई मात्र राम्रो छ । हुन त, म पनि लाइभ दोहोरी गाउने मान्छे नै हुँ । परिस्थिति भनौं या अरु कारणले वैकल्पिक काम नगरी हुन्न भन्ने लाग्छ । बाध्यताले विदेशिने र खर्च पुर्‍याउनै धौ धौ हुने भएकोले एल्बम निकाल्न ग्याप गरेको हुँ । घरबाट पैसा ल्याएर एल्बम निकाले पनि रोयल्टी पाउने अवस्था छैन । अरु कामबाट जोगिएको समय गीत, संगीतमा लगाउँ भन्नै मात्रै हो । 
एउटा गीत बजारमा पु¥याउन कति रकम आवश्यक पर्दोरहेछ ? 
एउटा गीत क्वालिटीको भिजुयलसहित निकालँे भने १ लाख ५० हजारसम्म लाग्छ । अडियोमात्रै हो भने पनि ५० हजार त चाहिन्छ नै । 
युट्युव लगायतबाट पनि आम्दानी हुन्छ भनिन्छ, लिने गर्नुभा छैन ? 
पहिले पहिले एल्बम निकाल्दा रोयल्टी पाइन्छ भन्ने थियो । पछि सिआरबिटी, पिआरविटी भन्ने आयो । अहिले युट्युबबाट पैसा आउँछ भन्ने छ । एक पैसा लिएको छैन । पैसा आएर पनि नदिएको हो कि आउँदै नआउने हो थाहा पत्तो हुन्न । त्यही भएर पनि मैले युट्युव एकाउन्ट समेत खोलेको छैन । 
यो दुःखी पेसा कतिञ्जेल अँगाल्नु हुन्छ ? 
मनको रहर मेट्न २०५६/०५७ तिर लोकदोहोरीमा लागेँ । कलाकार भनेर पनि चिनिएँ । त्यसको निरन्तरता दिइरहेको छु । आशा गरौं, राम्रो हुँदै जाला । 
लोकगीतको लगानी के गर्दा सुरक्षित होला ?
लगानीकर्ताका लागि आम्दानीको बाटो खोजिनुपर्छ । विदेश गइ कार्यक्रम गरेर पैसा कमाउला भनेरमात्रै हुँदैन । नेपाल र विदेशमा संगीत बजारलाई व्यवस्थित र प्रवद्र्धित गर्न सबै लाग्नुपर्छ । सरकारबाट गीत, संगीतमा निर्भर कलाकारको भविष्य सुरक्षित हुने व्यवस्था गर्नुपर्छ । उनीहरुलाई उत्साह जगाउने कार्यक्रम, योजना ल्याउन सक्नुपर्छ । रोयल्टीवाला संस्थाले कार्यान्वयन गर्नुप¥यो भने कलाकार, स्रष्टा र सम्बन्धित संघसंस्थाले पहल गर्नुपर्छ । 
पैसाले कलाकार बनेको र बन्नेहरुप्रति के भन्नुहुन्छ ? 
पैसा भएकाले म्युजिक भिडियो बनाएर आफ्नो प्रचार गर्नु गलत हो । पैसाले कलाकार बन्ने होइन, कलाकारितालाई अगाडि बढाउन पैसा आवश्यक चिज हो । केही प्रतिभा र समाजलाई ज्ञानगुन दिन सकिने खालका सांगीतिक उत्पादन हुनुपर्छ । कला र गला भएर संगीतमा लाग्नु उत्तम । अझ सिक्नु पनि पर्छ । बुझेर लाग्ने र निरन्तरता दिनतिर ध्यान पुर्‍याउनु जरुरी छ ।  
तपाईले चाहिँ सिक्नु भो कि भएन ? 
पहिलो एल्बम ‘केबुलकारमा चोक’ निकाल्दा संगीतको ‘स’ पनि जानेको थिएन । पछि म्युजिक क्लास लिने, म्युजिक भिडियोमा खेल्ने काम गरेँ, काम गर्दै जाँदा केही जाने र बुझेँ । अहिले त्यत्तिले मात्रै पुग्दैन । नयाँपुस्ता सिकेर आउँदा राम्रो । बजारमा बिक्न आफूमा क्वालिटी हुनुपर्छ । त्यसले निरन्तरता दिन पनि सजिलो हुन्छ । ग्यापिङ भएमा गाह्रो हुँदोरहेछ । 
अब छोटोमीठो कुरा गरौं– संगीत के हो ? 
दुःख, सुखको साथी । 
जीवन के हो ? 
संघर्ष । 
प्रेम के हो ? 
मिलन, विछोडको संगम । 
विवाह के हो ? 
एकअर्काबीचको समर्पण, विश्वास र सामाजिक संस्कार धान्नु । 
गीत, संगीतमा के मन पर्छ ? 
रचना 
मन पर्ने गायक, गायिका ? 
गायकमा राजेश पायल राई र गायिकामा विमाकुमारी दूरा । 
केमा बढी रुची लाग्छ ? 
भलिबल खेल्न । 
अन्तमा, भावी योजनासहित केही भन्नुहुन्छ कि ? 
सकेसम्म गीत, संगीतलाई अगाडि बढाउने र अघि बढ्ने योजना नै हो । तर, यसमा धान्न मुस्किलै हो भने बाउबाजेले गर्दै आएको कृषि पेसा अँगाल्ने सोच छ । तर, कृषिलाई परम्परागत खेती प्रणालीभन्दा पनि आधुनिकीकरण गराउनेतिर लाग्नेछु । मेरो पहिलो गीतलाई जसरी मन पराइदिनुभयो, नयाँलाई पनि मन पराइदिनुहुन्छ भन्ने पूर्ण आश लिएको छु । लोकसंस्कृतिलाई मनपराइदिनु भएकोमा हृदयदेखि नै सबैमा धन्यवाद । नयाँ कौरा छिट्टै नै बजारमा ल्याउने छु ।
 
प्रकाशित : २ फागुन २०७४

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions