ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

प्रक्रियामै सरकार गठन



प्रक्रियामै सरकार गठन

-

निर्वाचन सम्पन्न भएको दुई महिना बितिसकेको छ । निर्वाचनबाट जनताले नयाँ जनादेश दिएको छ । नयाँ जनादेशअनुसार नयाँ सरकार यसअघि नै बन्नुपर्ने हो । अहिलेसम्म पनि बन्न सकेको छैन । यसका कारण भनेको संविधानमा देखिएको त्रुटीपूर्ण छिद्र नै हो । संविधान बनाउने बेलामा गरिएको बेवास्ता नै अहिलेको मुख्य कारण हो । संविधानमा भएका कमजोरीलाई टेकेर जनादेशअनुसार सरकार गठन प्रक्रिया अवरुद्ध बनेको हो । 
अहिलेसम्म कमजोरीलाई टेकेर प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार चलाउनु मात्र भएन, गम्भीर प्रकृतिका निर्णयहरु पनि गरे । जुन निर्णय आगामी बन्ने सरकारका लागि फलामे चिउरा नै सावित हुने देखिन्छ । काम चलाउ सरकारले यो किसिमको निर्णय गर्दा कस्तो प्रकारको दूरगामी असर पर्ला भनेर सोच्न पनि पर्दथ्यो होला । तर देउवाले राजनीतिक स्टन्डका लागि यो किसिमको निर्णय गरे, जुन एकै पटकमा आगामी सरकारले खारेज समेत गर्न सक्दछ । 
आफ्नो जनमत कमजोर छ । आगामी सरकार आफ्नो नेतृत्वमा बन्न सक्दैन भन्ने थाहा हुँदाहुँदै देउवा सरकारले वृद्धवृद्धाको भत्ताबारे गरेको निर्णय होस वा भूकम्प पीडितलाई दिने निर्णय निर्विवाद छैन । ढुकुटीमा पैसा नभएको तर निर्णय गर्नुले पक्कै पनि सरकारको दूरदर्शिता प्रष्ट हुन्छ । त्यसैले पनि देउवा सरकारले जतिसक्यो त्यति चाँडो सत्ता हस्तान्तरण गर्नु उपयुक्त हुन्छ । जति सरकारमा बसिरह्यो त्यति नै देउवा सरकारका लागि आलोचना सहनु बाहेक केही रहँदैन । 
खासगरी राजनीतिक नैतिकता भन्ने कुरा महत्वपूर्ण पक्ष हो । जनमत प्राप्त नहुने सत्तामा बसिरहने गर्नाले पक्कै पनि नैतिक संकट पैदा हुन्छ नै । देउवा सरकारका लागि अहिले त्यही नैतिक संकट त छ, तर केही दिन सरकारमा बस्दा केही कार्यकर्तालाई कतै नियुक्ति दिन सकिएला कि, कतै आफन्तलाई रकम बाँड्न पाइएला कि भन्नेमा भने आशावादी देखिन्छन् । त्यसैले पनि यो सरकारको क्रियाकलाप जनपक्षीय हुन सक्दैन । 
अब निर्वाचन आयोगले निर्वाचनबाट प्राप्त परिणाम राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइसकेको छ । यो प्रतिवेदनका आधारमा राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आव्हान गर्ने एउटा संवैधानिक व्यवस्था छ भने देउवाले राजीनामा दिएर अर्को पाटोबाट पनि सरकार गठनको व्यवस्था छ । त्यति मात्र होइन, बहुमत प्राप्त दलले सरकार गठनका लागि दावी गर्न पाउने प्रक्रिया पनि अर्को हुन्छ । त्यसैले नयाँ जनादेश अनुसार नयाँ सरकार चाँडै गठन गर्दै जनादेश अनुसारको संसदीय पद्दती कायम राख्न सकियो भने देश र जनताको हितमा हुनेछ । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Kutu Ma Kutu lll Melina Rai in UK lll कुटुमा कुटु गित गाउदै lll Tamu Dhee UK Khi Lhochhar

  • Sonpal Samaj UK lll 10th Anniversary and Khi Lhochhar celebration - Part 1

  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

TV Programme

 
  • Bima Kumari Dura in UK performance at Tamu Dhee UK Lhochhar program

  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions