ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

Latest News

दुई ठाउँको सवारी दुर्घटनामा ५ जनाको मृत्यु, दुई बेपत्ता दुई ठाउँको सवारी दुर्घटनामा ५ जनाको मृत्यु, दुई बेपत्ता
चितवन/धादिङ । धादिङ र चितवनमा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत जोगिमाराको हुग्दी खोलामा शुक्रबार बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

निर्वाचनको अर्को उत्सव निर्वाचनको अर्को उत्सव
एटा सम्वाददाता
काठमाडौं । निर्वाचनमा सहभागी हुने उम्मेदवारले मनोनयन दर्ता गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचन औपचारिक रुपमा सुरु भएको छ । असार १४ गते हुने निर्वाचनका लागि प्रदेश नम्बर १, ५ र ७ मा उत्साहजनक रुपमा मनोनयन दर्ता भएको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले बाजागाजासहित मनोनयन दर्ता गराएका छन् । दोस्रो चरणको निर्वाचन तालिकाअनुसार असार १४ गते आममतदाताले आफ्नो प्रतिनिधि आफै चुन्न मतदान गर्नेछन् ।

नेपाल–बेलायतबीच समझदारी गर्न गोर्खा सैनिकको माग नेपाल–बेलायतबीच समझदारी गर्न गोर्खा सैनिकको माग
काठमाडौँ (असार ७) । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घले बेलायतका गोर्खा सैनिकका बारेमा नेपाल र बेलायतबीच द्विपक्षीय समझदारी गर्नुपर्ने माग गरेको छ ।

 सरकारी साधन र स्रोतको दुरुपयोग भएको एमालेको आरोप सरकारी साधन र स्रोतको दुरुपयोग भएको एमालेको आरोप
काठमाडौँ (असार ६) । नेकपा (एमाले)ले स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई प्रभावित पार्ने गरी सत्ता, साधन र स्रोतको दुरुपयोगका कारण कपिलवस्तुमा बम विस्फोटको घटना भएको जनाएको छ ।

दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लियो : प्रचण्ड दरबार हत्याकाण्डले नेपाली राजनीतिमा नयाँ मोड लियो : प्रचण्ड
काठमाडौं (असार ६) । पूर्वप्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको बताएका छन् । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरद्वारा लिखित पुस्तक ‘अंश’को बिमोचन गर्दै प्रचण्डले नेपालमा जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको बताएका हुन् ।

एमाले अध्यक्षले समग माग गरेपछि संवैधानिक परिषद्को बैठक अनिर्णित एमाले अध्यक्षले समग माग गरेपछि संवैधानिक परिषद्को बैठक अनिर्णित
काठमाडौँ (असार ५) । प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बसेको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सो विषयमा अध्ययन गर्न समय माग गरेपछि बैठकमा कुनै निर्णय हुन सकेन ।

मनोनयनपत्र दर्ता शान्तिपूर्ण भएको निर्वाचन आयोगको दाबी मनोनयनपत्र दर्ता शान्तिपूर्ण भएको निर्वाचन आयोगको दाबी
काठमाडौँ (असार ४) । दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार भएको उम्मेदवारी दर्ता धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोग, 'मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा' निर्वाचन आयोग, 'मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा'
काठमाडौँ (असार ३) । निर्वाचन आयोगले असार १४ गते बुधबार हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार हुने उम्मेदवार मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दोस्रो चरणको ‘स्थानीय तह निर्वाचन’को तयारीका विषयमा आयोगको मिडिया सेन्टरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने–आइतबारको उम्मेदवारी मनोनयनको कार्यक्रममा उत्साहपूर्वक सहभागी हुन उम्मेदवारहरुसँग हार्दिक अपिल गर्दछु ।

आखिरीमा राजपा निर्वाचनको विरोधमा, असार ४ मा तराईमा बन्दको घोषणा आखिरीमा राजपा निर्वाचनको विरोधमा, असार ४ मा तराईमा बन्दको घोषणा
काठमाडौँ (असार २ ) । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी नहुने भएको छ । बिजुलीबजारमा शुक्रबार बसेको राजपाको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने र निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । सरकारले राजपासँग गरेको सम्झौता विपरीत एकतर्फी निर्वाचनको कार्यक्रम घोषणा गरेको निर्णयलाई अमान्य ठहर गर्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजपाको मागबमोजिम प्रदेश नं २ को निर्वाचन असोज २ मा सारियो राजपाको मागबमोजिम प्रदेश नं २ को निर्वाचन असोज २ मा सारियो
काठमाडौँ (असार १) । नेपाल सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को आग्रहअनुसार प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिए ।

कर्णाली नदीमा बस झर्दा १० को मृत्यु, १८ घाइते कर्णाली नदीमा बस झर्दा १० को मृत्यु, १८ घाइते
काठमाडौँ (जेठ ३१) । दैलेखको आठबिस नगरपालिका–४ नैनाल सडक खण्डमा बुधबार बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १८ यात्रु घाइते भएका छन् । कालिकोटको जितेगडाबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ जाँदै गरेको ना४ख २९९८ नं को बस दिउँसो करिब ३ बजे कर्णाली नदीमा खसेको हो ।

प्रधानन्यायाधिशको लागि ६ जनाको सिफारिस प्रधानन्यायाधिशको लागि ६ जनाको सिफारिस
काठमाडौं (जेठ ३०) न्यायपरिषदले प्रधानन्यायाधिशको नियुक्तिका लागि ६ जना न्यायाधीशहरुको नाम संवैधानिक परिषद्लाई सिफारिस गरेको छ । न्यायपरिषदको मंगलबार बसेको बैठकले कामू प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चालेन्द्रशम्शेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस भएको हो ।

२९ महिलासहित १ सय २ जना नेटवर्किङ व्यवसायी पक्राउ २९ महिलासहित १ सय २ जना नेटवर्किङ व्यवसायी पक्राउ
काठमाडौँ (जेठ २९) । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोले अवैध नेटवर्क व्यवसाय (क्युनेट) सञ्चालन गरेको आरोपमा १०२ जनालाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा आइतबार राति १०२ जनालाई पक्राउ गरेको हो जसमा २९ महिला छन् ।

राजपालगायत दललाई चुनावमा सहभागी गराउन ऐन संशोधन राजपालगायत दललाई चुनावमा सहभागी गराउन ऐन संशोधन
काठमाडौँ (जेठ २८) । राजपा लगायत दललाई निर्वाचनमा सहभागी गराउन भन्दै राजनीतिक दलसम्बन्धी ऐन (पहिलो संशोधन) विधेयक, २०७४ लाई बहुमतले पारित गरिएको छ । व्यवस्थापिका–संसद्को आइतबारको तेस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरेका थिए ।

राजपाले निर्वाचन सार्नुपर्ने माग राखेपछि सत्तारुढसँग वार्ता निष्कर्षविहीन राजपाले निर्वाचन सार्नुपर्ने माग राखेपछि सत्तारुढसँग वार्ता निष्कर्षविहीन
काठमाडौँ (जेठ २७) । राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनेबारे सत्तारुढ प्रमुख दलले अन्तिम कसरत गरिरहेका छन् । सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेस तथा प्रमुख साझेदार नेकपा (माओवादी केन्द्र) र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताले शनिबार राजपाका नेताहरुसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्कन सकेन् ।

केही क्षेत्रमा बोलिने भाषालाई राष्ट्रिय मान्यता दिन सकिँदैन : अध्यक्ष ओली केही क्षेत्रमा बोलिने भाषालाई राष्ट्रिय मान्यता दिन सकिँदैन : अध्यक्ष ओली
काठमाडौँ (जेठ २७) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भने, “कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई/मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिको भविष्य समाप्त हुन सक्छ ।”

चुनावमा भाग लिन मधेसकेन्द्रित दललाई प्रधानमन्त्रीको आग्रह चुनावमा भाग लिन मधेसकेन्द्रित दललाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ (जेठ २६) । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी हुन मधेसकेन्द्रित दलहरुलाई आग्रह गरेका छन् ।

स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक पारित स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक पारित
काठमाडौँ (जेठ २५) । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकले स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ बहुमतले पारित गरेको छ । बैठकमा गृहमन्त्री जनार्दन शर्माले “स्थानीय तह निर्वाचन (पहिलो संशोधन) विधेयक, २०७४ माथि दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले स्थानीय तहका लागि काम गर्न आवश्यक स्थानीय तह कार्यसञ्चालनसम्बन्धी कानुन तर्जुमा हुन नसकेको बताउँदै प्रजातन्त्रलाई बलियो बनाउने उक्त विधेयक ल्याउन आग्रह गरे ।

प्रधानमन्त्री देउवाद्वारा शपथपछि पदभार ग्रहण, पहिलो प्राथमिकता संविधान कार्यान्वयन प्रधानमन्त्री देउवाद्वारा शपथपछि पदभार ग्रहण, पहिलो प्राथमिकता संविधान कार्यान्वयन
काठमाडौँ (जेठ २४) । नेपाल सरकारले नेपालको संविधानबमोजिम अन्तरप्रदेश परिषद्को सचिवालय स्थापना गर्ने कार्यअघि बढाएको छ । नवनियुक्त प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पदबहाली गर्दै अन्तरपरिषद्को सचिवालय प्रधानमन्त्री कार्यालयमा स्थापना गर्न स्वीकृति प्रदान गरे । नेपालको संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा अन्तरप्रदेश परिषद् गठन हुने उल्लेख छ ।

प्रधानमन्त्रीमा देउवा निर्वाचित प्रधानमन्त्रीमा देउवा निर्वाचित
काठमाडौं (जेठ २३) । नेपालको ४०औँ प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । व्यवस्थापिका संसद्‍मा मंगलबार भएको निर्वाचनमा देउवा ३ सय ८८ मतले विजयी भएका हुन् । उनको विपक्षमा १ सय ७० मत परेको छ । संसद्मा हाल कायम रहेको ५ सय ९५ सदस्य संख्यामध्ये ५ सय ५८ मत खसेको थियो ।

संसद्को गत्यावरोध हटाउन एमाले सहमत, प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने संसद्को गत्यावरोध हटाउन एमाले सहमत, प्रधानमन्त्री चयन प्रक्रिया अघि बढ्ने
काठमाडौं ( जेठ २२) । संसदका प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरुको बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्दै निर्धारित मितिमै निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ ।

देउवा प्रधानमन्त्री हुनबाट रोकिए देउवा प्रधानमन्त्री हुनबाट रोकिए
काठमाडौँ (जेठ २१) । व्यवस्थापिका–संसद् स्पष्ट बहुमत भएपनि सदन नचल्दा आइतबार कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनबाट रोकिएका छन् ।

कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्रीका लागि उम्मेदवारी, आइतबार संसद्‍मा निर्वाचन कांग्रेस सभापति देउवाद्वारा प्रधानमन्त्रीका लागि उम्मेदवारी, आइतबार संसद्‍मा निर्वाचन
काठमाडौँ (जेठ २०) । नयाँ प्रधानमन्त्रीका लागि नेपाली का‌ंग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् ।

जेठ २१ गते नेपालमा नयाँ प्रधानमन्त्री चयन हुने जेठ २१ गते नेपालमा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौँ (जेठ १९) । नयाँ प्रधानमन्त्री चयनका लागि यही जेठ २१ गते बिहान ११ बजे व्यवस्थापिका–संसद्‌मा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ ।

भ्रष्टाचार गरेको अभियोगमा महानिर्देशक शर्मा आयोगको हिरासतमा भ्रष्टाचार गरेको अभियोगमा महानिर्देशक शर्मा आयोगको हिरासतमा
काठमाडौँ (जेठ १९) । कर निर्धारणसम्बन्धी विषयमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको छ ।

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छान्न राष्ट्रपतिको आह्वान
काठमाडौँ (जेठ १८) । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छन् । यसअघि दिएको सात दिनको समयावधिभित्र प्रधानमन्त्रीको सहमतीय आधारमा निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु गर्न बिहीबार पुनः आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गरेकी थिइन् ।

More Videos

 
  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

  • Ledley King at Gurkha Cup 2017 II HD Video III

  • Milan Amatya - Fariya Choubandi (Official Video) ft. Juna Sundas, Alisha Rai

  • Lali Budhathoki in UK lll Maya Le Maryo Salaijo bhaka ll

  • Gita Paija in UK lll Barpaki ki Maya lll FNJ UK Charity Program 2017

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Riya Thapa & Esme Thapa lll Danda ra Kanda lll घन बहादुर थापा मगरको बस्ती एल्बम बाट

  • AMA- Anita Subba /संगीत हरिश माथेमा / special song for mother´s day

  • Pohor Saal ...Aruna Lama ... 1st Anniversary of Peepal Mortgages ( performance by Namlo Band )

  • Welcome to Hon. Kehsari Gharti Magar from Magar Association UK

  • Welcome to H. E. Thubwang Tenzen Rinpoche at the BCCUK, Adershot , UK

TV Programme

 
  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

  • An Interview with the oldest Mount Everest Climber Mr Min Bahadur Sherchan

  • Miss Mita kwone Gurung dancing at Kwone (Ghotane/ Ghonde) Gurung (Tamu) Samaj UK Programme 2017

  • मनै मेरो चङगा भो Man Mero Changa Bho Orginal Udaya/Manila Sotang Cover By Deepa Tamang/Mahendra Rai

  • An Interview with Singer Manoj Gurung

  • An Interview with Zuxon Coaktail Bar and Restaurant Owner Arun Pun & Prakash Gauchan

  • President of Tamu dhee UK Mr. Gyam Gurung in Everest Channel

  • An Interview with Singer Milan Amatya

Upcomming Events

  • Mardikhola Samaj UK Party
    Oak Farm School , Farnborough
    on 01-07-2017
  • Sahara UK Summer Family Camping Outing
    For £ Days ( 21st, 22nd & 23rd)
    on 21-07-2017
  • Dhampus Pariwar UK Party
    Oak Farm,Farnborough
    on 19-08-2017
  • Nepali Mela 2016
    Kempton Park
    on 27-08-2017

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions